चैत्र १५, २०८० बिहिबार March 28, 2024

ऋण तिर्न नसक्दा आत्मदाह प्रयास

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः देशमा गरिखाने अवस्था नरहेको भन्दै एक युवाले काठमाडौंको नयाँ बानेश्वरस्थित संघीय संसद् भवनअगाडि आत्मदाहको प्रयास गरेका छन्। इलामको सूर्योदय नगरपालिका–११ केराबारीका ३६ वर्षीय प्रेमप्रसाद आचार्यले आगो लगाएर आत्मदाहको प्रयास गरेका हुन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार घटनास्थलमा पुगेर प्रहरीले आचार्यको ज्यान जोगाएको थियो। त्यहाँबाट उनलाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको छ। जहाँ आइसीयुमा राखेर उपचार भइरहेको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले बताए। आचार्यले आत्मदाहको प्रयास गर्नुअघि फेसबुकमा आफूले देशभित्रै उद्यम गरेकोदेखि लिएर विदेशसम्म पुग्दा भोगेका पीडाबारे लामो फेहरिस्त लेखेका छन्। जसमा उनले सुरूवातमा आफूलाई ‘म एक आम युवा, आम उद्यमी, आम व्यवसायी’ भनेर परिचय दिएका छन्।

त्यसपछि आफूले रंगीन सपना बुनेर परिवार, समाज र देशप्रतिको जिम्मेवारी वहन गर्दै अघि बढेको उल्लेख गरेका छन्। ‘आज ३७औं वसन्त पार गरिसक्दा पनि गरिएका कर्मबाट केही उपलब्धि हासिल गर्न नसकेको’ भनेर उनले लेखेका छन्। जसमा अगाडि उनले आफूले नेपालमै पढ्दा, जागिर खाँदा, व्यापार गर्दा, उद्योगधन्दा चलाउँदा र वैदेशिक रोजगारमा जाँदा भोगेका समस्याहरूबाट गुजार्नुपरेको र हालसम्म शून्य उपलब्धि भएको उल्लेख गरेका छन्। त्यसलाई आफ्नो ‘आत्मवृत्तान्त र असफलताको कथा’ भनेका छन्।

इलाममा रहेको पैतृक सम्पत्ति बेचेर काठमाडौंमा घर बनाएपछि आफूले ट्राभल एजेन्सी खोलेर व्यवसायमा संलग्न भएको कुरा उनले उल्लेख गरेका छन्। उक्त व्यवसाय सुरुमा राम्रै चले पनि पछि बिग्रिएको पनि बताइएको छ। त्यसक्रममा आफ्नो व्यवसाय डुबेका कारणहरू पनि खुलाएका छन्। ‘ट्राभल बेचेर विदेश जाने जमर्को गरियो। त्यसबेलासम्म काठमाडौंको घरजग्गा सम्पत्ति सबै सकियो र उल्टो ऋण लाग्यो,’ उनले लेखेका छन्।  त्यसपछि विदेशमा बसेर केही ऋण तिरेको र बचेको पैसा बोकेर सन् २०१७ मा नेपाल फर्किएको उल्लेख गरेका छन्। फेसबुकमा उनले विदेशबाट फर्किएपछि इलाम गएर उद्यममा लागेको र त्यो पनि सफल नभएकोदेखि लिएर आफू आत्मदाहको स्थितिमा पुग्नुसम्मका कारणहरूको फेहरिस्त लेखेका छन्।नागरिक दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेसमा खुसी ल्याउन आवश्यक छः महामन्त्री थापा
२०८० चैत्र १५, बिहिबार
बेलायतसँग थप समन्वय र सहकार्यको अपेक्षा छ : गृहमन्त्री लामिछाने
२०८० चैत्र १५, बिहिबार
रूसी सेनाको विमान क्रिमियाली क्षेत्रमा दुर्घटनाग्रस्त
२०८० चैत्र १५, बिहिबार
एमाले उदयपुरको अध्यक्षमा भागवत राउत निर्वाचित
२०८० चैत्र १५, बिहिबार
गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिता : सुष्मा र अस्मिता सेमिफाइनलमा
२०८० चैत्र १५, बिहिबार
त्रिविमा हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन
२०८० चैत्र १५, बिहिबार
जनतासँग गरिएका प्रतिबद्धता पूरा गर्न सरकारसँग एमाले प्रदेश कमिटीको माग
२०८० चैत्र १५, बिहिबार