वैशाख १२, २०८१ बुधबार April 24, 2024

स्थानीय तहद्वारा राजस्वमा गम्भीर खेलवाड

स्थानीय तहलाई राजस्व छुट दिने अधिकार छैन तैपनि ५६ वटा स्थानीय तहले कार्यपालिका एवं सभाको निर्णय भन्दै २३ करोडबढी राजस्व छुट दिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः देशका विभिन्न स्थानीय तहले आर्थिक वर्ष २०७७÷७८ मा कानुनविपरीत २३ करोड ३१ लख ३७ हजार राजस्व छुट दिएका छन् । नियमविपरीत राजस्व छुट दिएर स्थानीय तहले राजस्वमा समेत गम्भीर खेलवाड गरेका छन् ।

स्थानीय तहलाई राजस्व छुट दिने अधिकार छैन तैपनि ५६ वटा स्थानीय तहले कार्यपालिका एवं सभाको निर्णय भन्दै २३ करोडबढी राजस्व छुट दिएका हुन् । स्थानीय तहको सो कार्यलाई महालेखापरीक्षक कार्यालयले नियमविपरीत भनेको छ । यस्तै, विभिन्न स्थानीय तहले २६ करोडभन्दा बढी बक्यौता रकम उठाउनसमेत उदासीनता देखाएका छन् ।

महालेखापरीक्षकको कार्यालयले स्थानीय तहले राजस्व छुट दिन पाउने व्यवस्था कहिँ कतै नभएकाले त्यसरी राजस्व छुट दिने कार्य गलत भएको औंल्याएको छ । महालेखापरीक्षक कार्यालयका अनुसार स्थानीय तहहरूले ढुंगा, गिटी, बालुवा संकलन तथा बिक्री गर्न ठेक्का बन्दोबस्त गरेकामा कोभिड–१९ को महामारीलगायतका कारण देखाएर राजस्व छुट दिएका हुन् ।

ठेक्का सम्झौता गर्दा दैनिक संकलन गर्नसक्ने परिमाण नखुलाएको, संकलन र बिक्री गरेको अभिलेख नराखेको, ठेक्का अवधिमा सम्झौताबमोजिमको परिमाण संकलन गर्न नसकेको आधार स्पष्ट नगरी सम्झौतापश्चात् राजस्व छुट दिइएकाले सो कार्य औचित्यपूर्ण नदेखिएको महालेखाको ठहर छ ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा दहत्तर र बहत्तरको राजस्व छुट सम्बन्धमा प्रस्ट व्यवस्था नभएकाले प्रदेश कानुनअनुसार राजस्व छुटसम्बन्धी निर्णय गर्नुपर्नेमा ती स्थानीय तहले आफैं छुट दिने निर्णय गरी कानुनविपरीत काम गरेको ठहर महालेखाले गरेको हो ।

महालेखा नियन्त्रक कार्यालयले तयार पारेको एकीकृत वार्षिक आर्थिक विवरणअनुसार स्थानीय तहहरूले आव २०७७÷७८ मा आन्तरिक आयबाट २ खर्ब ३ अर्ब १७ करोड ९४ लाख प्राप्त गर्ने अनुमान गरिएकामा १ खर्ब ८४ अर्ब ६५ करोड २७ लाख मात्रै प्राप्त गरेका थिए । राजस्व छुटलगायतका विभिन्न विकृतिका कारण राजस्व आयमा कमी भएको बताइएको छ ।राजधानी दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चर्ज ब्वाइज भोजपुर गोल्ड कप प्रतियोगिताको सेमिफाइनलमा
२०८१ वैशाख १२, बुधबार
वागमती प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य : बैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय
२०८१ वैशाख १२, बुधबार
कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा
२०८१ वैशाख १२, बुधबार
सामुदायिक विद्यालय सुधार गर्दै कृष्णपुरका अभिभावक
२०८१ वैशाख १२, बुधबार
संयुक्त राष्ट्र प्रमुखद्वारा २०२५ सम्म जलवायु कार्यका लागि विश्वव्यापी नेता परिचालन
२०८१ वैशाख १२, बुधबार
अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित
२०८१ वैशाख १२, बुधबार
आज राति १२ बजेबाट भारतीय सीमा सिल हुँदै
२०८१ वैशाख १२, बुधबार