श्रावण ३, २०८२ शनिबार July 19, 2025

आसिफ शेखले जिते प्रतिष्ठित आईसीसी स्पिरिट अफ क्रिकेट अवार्ड

आसिफ स्पिरिट अप क्रिकेटको अवार्ड जित्ने पहिलो नेपाली खेलाडी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा ओपनर आसिफ शेखले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को प्रतिष्ठित स्पिरिट अफ क्रिकेट अवार्ड (खेल भावना अवार्ड) छन् । नेपाली क्रिकेटरले स्पिरिट अफ क्रिकेट अवार्ड जितेको आइसिसीले सर्वाजनिक गरेको छ ।

उनले आईसीसी अवार्ड २०२२ को एक विधा स्पिरिट अफ क्रिकेट (उच्च खेल भावना) को अर्वाड हात पारेका छन् । आईसीसीले २०२२ मा प्रदान गरेका अवार्डहरुमध्येको खेल भावना भएको खेलाडी स्पिरिट अफ क्रिकेट अवार्ड एक प्रतिष्ठित अवार्ड हो ।

आसिफ स्पिरिट अप क्रिकेटको अवार्ड जित्ने पहिलो नेपाली खेलाडी हुन् ।

गत वर्ष फागनुमा ओमानमा भएको चार देश सम्मिलित टि२० आई सिरिजमा आयरल्यान्डविरुद्ध देखाएको खेल भावनाले उक्त अवार्ड जित्न सफल भएका हुन् । आसिफले आयरल्यान्डका एन्डी म्याकबर्नी रन लिनेक्रममा लड्न पुगेपछि रन आउट गरेका थिएनन् । जुन खेल भावना यस वर्ष सर्वाधिक चर्चा र प्रशंसा पाएको क्षण थियो । त्यसैले आइसिसी स्पिरिट अफ द क्रिकेट अवार्ड आसिफ शेखले पाएका हुन् ।

गतवर्ष अल अमरेत क्रिकेट मैदानमा आयरल्यान्डविरुद्ध तीव्र गतिका बलर कमलसिंह ऐरीको १९ औं ओभरको तेस्रो बलमा मार्क आदिरले एक रन लिनेक्रममा नन स्ट्राइकबाट दौडिएका एन्डी म्याकबर्नी कमलसँग अल्झिएर लड्न पुगेका थिए ।

कमल मिडविकेटमा गएको बल लिनेक्रममा उनीसँग ठोक्किन पुगेका थिए । उनी पुनः उठेर क्रिजतर्फ दौडे । क्रिजको मध्य भागमा लडेका उनलाई रन आउटको लागि कमलले मिडविकेटबाट आसिफलाई बल दिएका थिए । आसिफले चाहेको भए सहजै रन आउट गर्न सक्थे । म्याकबर्नी क्रिजको रेखा भन्दा धेरै टाढा थिए ।

तर आसिफले रन आउट गरेनन् । आसिफको उक्त खेल भावना नेपालमात्र नभएर अन्तर्राष्ट्रिय विश्व चर्चित मिडिया र समर्थकले खुलेर प्रशंसा गरेका थिए । आइसिसी आफैंले खुलेर प्रशंसा गरेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार