श्रावण ३, २०८२ शनिबार July 19, 2025

लमजुङमा माघ २९ गतेदेखि १३औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः लमजुङमा माघ २९ गतेदेखि लमजुङमा माघ २९ गतेदेखि १३ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता हुने भएको छ ।

जिल्ला स्तरीय प्रतियोगिता सञ्चालनका लागि आवश्यक तयारी थालिएको आयोजक जिल्ला खेलकुद विकास समिति लमजुङले जनाएको छ ।

यसपालिको प्रतियोगिता राइनास नगरपालिकाको गौलीटार खेल मैदानमा सञ्चालन गरिने जिल्ला खेलकुद विकास समिति लमजुङका अध्यक्ष योग बहादुर गुरुङ (कालु) ले बताए  । उनका अनुसार माघ २५ गते भित्र पालिकास्तरीय छनौट प्रतियोगीता सम्पन्न गर्न जिल्लाका ८ वटै पालिकालाई पत्राचार गरिसकिएको छ । पालिकाहरुले पनि खेल सञ्चालनको मिति तोकेर आवश्यक तयारी सुरु गरेको जानकारी प्राप्त भएको गुरुङले बताए ।

पालिका स्तरीय प्रतियोगिताबाट छनौट भएर आएका खेलाडीलाई जिल्लास्तरीय प्रतियोगीतामा सहभागी गराइने छ । जिल्लास्तरीय प्रतियोगीताबाट छनौट भएका खेलाडीलाई प्रदेशस्तरीय प्रतियोगितामा सहभागी गराइने अध्यक्ष गुरुङले बताए ।

प्रतियोगिता अन्तरगत छात्र, छात्रा दुवै तर्फको एथ्लेटिक्स, भलिवल, कराँते, कबड्डी लगायतको खेल खेलाइने छ । उक्त प्रतियोगितामा छनौट भएका खेलाडीलाई जिल्लाको प्रतिनिधित्व गर्दै प्रदेशस्तरीय खेलमा सहभागी गराइने छ ।

फागुन १५ गते भित्र खेलाडी छनौट गरी नाम प्रदेशमा पठाइसक्नुपर्ने अध्यक्ष गुरुङले बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार