श्रावण ३, २०८२ शनिबार July 19, 2025

रोहिणी अध्यक्ष कप क्रिकेट प्रतियोगिता : उपाधि रोहिणी-१ लाई

प्रतियोगिताको म्यान अफ द म्याच धिरु, म्यान द अफ द सिरिज धिरु, बेस्ट ब्याटसम्यान कमलेश र बेस्ट बलर धिरु घोषित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः रोहिणी अध्यक्ष कप २०७९ (क्रिकेट प्रतियोगिता) को उपाधि रोहिणी गाउँपालिका वडा नम्बर १ ले जितेको छ । शुक्रबार भएको फाइनल खेलमा रोहिणी–२ लाई ४९ रनले पराजित गर्दै रोहिणी–१ ले उपाधि जितेको हो ।

टस जितेर रोहिणी–२ ले बलिङ रोज्यो । सुरुमा ब्याटिङ गरेको रोहिणी–१ ले निर्धारित १६ ओभरमा ९ विकेट गुमाउँदै २१९ रन बनायो । उसका लागि धिरुले ८५, अबरारले ४१ र सम्सादले २६ रनको योगदान गरे । बलिङमा रोहिणी–२ का आकाश, विनायक र सई मोहम्मदले २÷२ विकेट लिए ।

जीतका लागि २२० रनको लक्ष्य पाएको रोहिणी–२ ले १६ ओभरमा ९ विकेट गुमाउँदै १७० रन बनायो । उसका लागि कमलले ५८, इन्जमामले ४० र पंकजले ३८ रनको योगदान गरे । बलिङमा रोहिणी–१ का धिरुले ३ र अफसरले २ विकेट लिए ।

प्रतियोगिताको म्यान अफ द म्याच धिरु, म्यान द अफ द सिरिज धिरु, बेस्ट ब्याटसम्यान कमलेश र बेस्ट बलर धिरु घोषित भए । प्रतियोगितामा रोहिणी–५ र रोहिणी–६ सेमीफाइनलमा पुगेका थिए ।

नमो बुद्ध युवा क्लब रोहिणी–६, रुपन्देहीको आयोजना तथा रोहिणी गाउँपालिकाको आर्थिक सहयोगमा गत माघ ३ गतदेखि रोहिणी–३, धकधईस्थित श्री रामनरेश यादव आदर्श नमूना माध्यमिक विद्यालयको खेलमैदानमा प्रतियोगिता सुरु भएको थियो ।

प्रतियोगितामा प्रथम (विजेता) हुने टीमलाई रु.६० हजार र उपविजेता (द्वितीय) हुने टीमलाई रु. ३० हजार तथा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको प्रतियोगिताका संयोजक रुपेश कुर्मीले बताए । त्यस्तै सेमीफाइनलमा पुगेका दुईटा टीमलाई रु. १५/१५ हजार प्रदान गरिएको कुर्मीले जानकारी दिए । प्रतियोगितामा गाउँपालिकाका ७ वटा वडाका ७ र एउटा कर्मचारीको टीम गरी ८ वटा टीमको सहभागीता रहेको उनले बताए ।

विजेता तथा उपविजेता टीमलाई शुक्रबार एक कार्यक्रमकाबीच रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादव, प्रवक्ता वीर बहादुर क्षेत्री, वडा नम्बर १ का वडाअध्यक्ष आविद अली पठान, रोहिणी–२ का वडाअध्यक्ष करम हुसेन खाँ, गाउँपालिकाका योजना शाखा प्रमुख राजकुमार मिश्रा, महिला तथा बालबालिका शाखा प्रमुख जमुना शर्मा, सशस्त्र प्रहरी निरीक्षक पुरुषोत्तम रेग्मी लगायतले पुरस्कार प्रदान गरेका थिए ।

कार्यक्रममा बोल्दै रोहिणी गाउँपालिका अध्यक्ष यादवले क्रिकेट खेलाडी उत्पादन गर्न प्रतियोगिताले सहयोग गरेको बताए । उनले गाउँपालिकाका विभिन्न वडाबाट राम्रो खेलाडी छनौट गरी विभिन्न प्रतियोगिताहरुमा सहभागी गराउने बताए । उनले रोहिणीमा नमूना खेलमैदान निर्माण गरिने प्रतिवद्धता व्यक्त गरे । मनोज कुमार यादवको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार