वैशाख १३, २०८१ बिहिबार April 25, 2024

वर्तमान राजनीतिक अवस्थाको कारक अध्ययनको कमी: विजुक्छे

म त्यो प्रधानमन्त्री र परराष्ट्र मन्त्रीको नाम लिन्न तर तिनीहरूले गर्दा हाम्रो देशको नै बेइज्जत भयो।  

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छे‌‌‍‍‍‍‌‌‍ले अध्ययनको कमीले वर्तमान राजनीतिक अवस्था आएको बताएका छन्।

भक्तपुरको लिबालि स्थित लिशा इगलिश सेकेण्डरी स्कुलको शनिबार भएको ३४ औं वार्षिकोत्सवको अवसरमा भएको पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रमको उद्घाटन गर्दै उनले विद्यार्थीलाई राजनीतिक शिक्षा पनि दिनुपर्ने खाँचो औँल्याए। अहिलेका विद्यार्थीहरूलाई किताबी ज्ञानमा मात्रै सीमित नराखी चौतर्फी ज्ञान दिनुपर्नेमा उनले जोड दिए।

जनताले राजनीति सही रुपमा नबुझ्दा देशमा अहिलेको सङ्कट आइरहेको चर्चा उनले गरे। सही मानिस राजनीतिबाट भाग्दै जाँदा गलत मानिसहरू राजनीतिमा आउने र उनले गलत काम गर्ने उनको भनाई थियो।

अध्ययनको कमीले विदेशमा भएको एउटा अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालका प्रधानमन्त्री र परराष्ट्र मन्त्रीले केही पनि विषयवस्तु नबुझेर बेइज्जत भएको भन्दै उनले भने, म त्यो प्रधानमन्त्री र परराष्ट्र मन्त्रीको नाम लिन्न तर तिनीहरूले गर्दा हाम्रो देशको नै बेइज्जत भयो।

उनले विद्यार्थीलाई पाठ्यपुस्तकका साथै राष्ट्रिय अन्तर्राष्ट्रिय राजनीतिबारे पनि बुझाउन विद्यालय र स्कुलका शिक्षक शिक्षिकाहरुलाई सुझाए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रिमियम लिगका दुइ खेलाडी माथी बलात्कारका आरोप
२०८१ वैशाख १३, बिहिबार
अभिताभ बच्चनलाई लता दीनानाथ मंगेशकर अवार्ड
२०८१ वैशाख १३, बिहिबार
आठ बर्ष पछि अमिर खान फिल्म प्रोडक्सनमा कमब्याक, दिल्लीमा सुरू भयो सुटिङ
२०८१ वैशाख १३, बिहिबार
सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधार : विष्णु पौडेल
२०८१ वैशाख १३, बिहिबार
आज मनमोहन अधिकारीको २५ औँ स्मृति दिवस मनाँईदै
२०८१ वैशाख १३, बिहिबार
अमेरिकाले युक्रेनलाई गोप्य रुपमा दिएका लामो दुरीको मिसाइलको प्रयोग
२०८१ वैशाख १३, बिहिबार
स्पेनका बामपन्थी प्रधानमन्त्रीकी श्रीमती माथी भ्रष्टचारको आरोप
२०८१ वैशाख १३, बिहिबार