वैशाख १३, २०८१ बिहिबार April 25, 2024

रवि प्रकरणबाट कोही पनि आत्तिनुपर्दैन, सबै कुरा संविधानले हल गर्छ : सुवास नेम्वाङ

संविधान जतिसुकै राम्रो भएपनि त्यसलाई दलहरुले आफ्नो बुद्धि, विवेक र क्षमता प्रर्दशन गरेर कार्यान्वयनमा लैजानुपर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सत्तारुढ नेकपा (एमाले)का उपाध्यक्ष एवम् पूर्वसभामुख सुवास नेम्वाङले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबाट कोही पनि आत्तिनुपर्ने अवस्था नरहेको बताउनु भएको छ ।

सर्वोच्च अदालतको फैसलापछि गृहमन्त्री रवि लामिछानेले पद त्याग गर्नु परेको प्रसंग उल्लेख गर्दै उहाँले ती समस्यालाई संविधान अन्तरगत नै हल गरेर अघि बढन आफूहरु सक्षम रहेको पनि पटकपटक दोहोर्याउनु भयो । शहिद दिवसको अवसर पारेर नेकपा (एमाले)ले च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा शनिवार आयोजना गरेको एक कार्यक्रममा बोल्दै उपाध्यक्ष नेम्वाङले नेपाली जनता आफैंले बनाएको संविधान बुद्धिमानीपूर्वक कार्यान्वयन गर्न पनि राजनीतिक दलहरु सचेत हुनुपर्ने आवश्यक्ता औंल्याउनु भयो ।

संविधान जतिसुकै राम्रो भएपनि त्यसलाई दलहरुले आफ्नो बुद्धि, विवेक र क्षमता प्रर्दशन गरेर कार्यान्वयनमा लैजानुपर्ने उहाँको भनाई थियो ।

‘अहिले भर्खरका पनि घटनाक्रमहरु छन नि । सम्मानित सर्वोच्च अदालतको फैसलाले अहिले हाम्रो गृहमन्त्री उहाँले राजीनामा गर्नुपर्ने अवस्था भयो नि । के हुन्छ ? यी सबै घटनाक्रमहरुलाई स्वाभाविक रुपमा जनताले बनाएको यो संविधान अन्तरगत हामी राजनीतिक दलहरुलाई यसलाई एउटा टुंगोमा पुर्याउन सक्षम छौं । पु¥याउँछांै,’ उपाध्यक्ष नेम्वाङले भन्नु भयो, ‘यसमा अलिकति पनि आत्तिनुपर्ने चिन्ता गर्नुपर्ने कुरा छैन । यस्ता कुराहरु उत्पन्न हुन्छन । त्यो अवस्थालाई हामी सम्बोधन गर्छौं भनेर सोचेरै यो संविधान बनाइएको हो ।’

निर्वाचन परिणाममा कुनै पनि दलको बहुमत नआएको प्रसंगमा उहाँले मिश्रीत निर्वाचन प्रणाली अपनाउँदा कसैको पनि बहुमत नआउन सक्छ भनेर आफूहरुले पहिले नै सोचेर संविधान बनाएको दाबी गर्नुभयो । ‘त्यसैले यो चिन्ताको विषय होइन । म आग्रह गर्न चाहन्छु–यी सम्पूर्ण कुराहरुलाई जनताले जनताका लागि बनाएको संविधान अन्तरगत हामी पार लगाउँछौं,’ उहाँले भन्नुभयो ।

‘संविधानसभाको अध्यक्षको कुर्सीबाट त्यो संविधानलाई जारी गरिरहँदा मैले भनेको थिए–हामीले राम्रो संविधान, समझदारीको संविधान, हाम्रा दलहरुको बुद्धिमानीको परिणाम यो संविधान हामीले बनायौं । जारी ग¥यौं । यसलाई कार्यान्वयन गर्न पर्छ,’ उहाँले भन्नुभयो, ‘तर यो संविधानलाई कार्यान्वयन गर्ने सन्दर्भमा जिम्मेवारी भनेको हाम्रो हो । जतिसुकै रामो संविधान होस् । आज शहीद दिवसको दिनमा म त्यो भनाई सम्झन्छु– जतिसुकै राम्रो संविधान होस्, त्यसले बुद्धि, विवेक र क्षमता चाँहि बाँड्दैन । मिल्ने भए त एक किलो, दुई किलो, १५ किलो बुद्धि, विवेक क्षमता बाँड्दा हुन्थ्यो नि । तर राम्रो संविधानले त्यो गर्न सक्दैन । त्यो बुद्धि, विवेक र क्षमता हामीले देखाउन सक्नु पर्दछ ।’

उहाँले आफ्नो पार्टी (एमाले) अग्रपंक्तीमा उभिएर सबै समस्याहरुलाई समाधान गर्दै अगाडि बढनुपर्ने समेत बताउनुभयो । मुलुकमा देखा परेका समस्याहरुलाई समाधान गर्न राजनीतिक दलहरु र तिनको नेतृत्व समक्ष रहेको उहाँको भनाइ थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया