वैशाख ११, २०८१ मंगलबार April 23, 2024

राष्ट्रपति भण्डारीमा दलगत गन्ध धेरै आयो : रामनारायण बिडारी

राष्ट्रिय सहमतिमा राष्ट्रपति बनाए अहिले झेल्नुपरेका समस्याहरुबाट मुक्ति मिल्ने दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडाैंः राष्ट्रिय सभाका पूर्व सांसद एवं वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले वर्तमान राष्टपति विद्यादेवी भण्डारीमा दलगत गन्ध धेरै आएकाे बताउँदै अब राष्ट्रिय सहमतिमा नै नयाँ राष्ट्रपति बनाउनुपर्ने बताउनुभएको छ ।

शनिबार काठमाडौंमा भएको संसदीय अध्ययन तथा विकास संस्थापना अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राष्ट्रपति पद एकता, संघीयता र गणतन्त्रकै प्रतिक भएकाले सबैको सहमतिमा राष्ट्रपति बनाउन सक्ने वातावरण बनाउनुपर्ने बताउनु भयो । उहाँले राष्ट्रिय सहमतिमा राष्ट्रपति बनाए अहिले झेल्नुपरेका समस्याहरुबाट मुक्ति मिल्ने बताउनु भयो । उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी दलगत गन्ध धेरै आएको बताउनु भयो ।

उहाँले राष्ट्रपति भण्डारी राष्ट्रपति बनेर भन्दा पनि दलको प्रभावमा परेर काम गरेको आरोप लगाउनु भयो । उहाँले राष्ट्रपति पद पहिला फालेको जस्तो पद भएपनि पछिल्ला घटनाक्रमले राष्ट्रपतिय पद्धतिलाई परिमार्जन गर्नको निम्ति विद्वत वर्गले सुझाव दिनुपर्ने आवश्यक्ता देखिएको बताउनु भयो । उहाँले राष्ट्रपति निर्वाचनमा गोप्य चुनाव किन हुनुप¥यो भन्दै प्रश्नसमेत गर्नुभयो । राष्ट्रपतिको चुनाव गोप्य हुनु भनेको ह्वीप लाग्दैन भन्ने अर्थ रहेको स्पष्ट पार्नुभयो ।

‘राष्ट्रपति निर्वाचनको बारेमा गोप्य चुनाव किन गराए ? होला नि त अर्थ ? भोट हाल्ने जनताका प्रतिनिधिले, मान्यहरुले ? तर त्यसको चुनाव चाहीँ गोप्य, यसको अर्थ त ह्वीप लाग्दैन भनेको हो नि । ह्वीप नलाग्ने प्रकारको यो चुनाव हो । यसलाई विचार गरेर राष्ट्रपतिको चुनावलाई हामीले निर्वाचन जस्तो हेनुपर्छ । ह्वीप नलाग्ने कुरामा अभ्यास गर्नुपर्छ ।

यसलाई अघि बढाउनुपर्छ,’ उहाँले भन्नुभयो, ‘नेताले बोलाएर भन्छ, संसदीय दलको बैठक बोलाउँछ, बैठकमा संसदीय दलको नेता टक्क आएर यसमा सिरियस छ, यस्तो गर्नु भन्छ, सांसद थर्कमान । राष्ट्रपति एकताको प्रतिक हो । संघीयताको प्रतिक हो, गणतन्त्रको प्रतिक हो । यसलाई देशका सबै राजनीतिक दलले गम्भीरपूर्वक छलफल गरेर सबैको सहमतिमा राष्ट्रपति बनाउन सक्ने वातावरण बनायौँ भने राष्ट्रपतिबाट अहिले जेजे दुःख पाएका छौँ, त्यो भोग्नु पर्दैन ।’

तत्कालीन राष्ट्रपति रामवरण यादवको पालामा रुपमाङ्गत कटुवालको बाहेक अन्यमा  विषयमा बहस नै गर्नुनपरेकाे उहाँकाे बनाइ थियाे । ‘तर राष्ट्रपति विद्यादेवी भण्डारीको पालामा धेरै राजनीतिक गन्ध आयो । दलीय प्रभाव परको, गर्नु नहुने काम गर्नुभयो । राष्ट्रपति बडो विचार गरेर बनाउनुपर्ने रहेछ, पहिलो यो फालेको पद जस्तो थियो, अहिले प्रधानमन्त्री रोक्न र बनाइदिन पनि सक्नुहुने रहेछ । राष्ट्रपतिय पद्धतिलाई परिमार्जन गर्नको निम्ति विद्वत वर्गले सुझाव दिनुपर्छ,’ उहाँले भन्नुभयाे । अब राष्ट्रपतिको चुनावमा ह्वीप नलाग्ने अभ्यास गर्नुपर्ने समेत उहाँले बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया