श्रावण ३, २०८२ शनिबार July 19, 2025

तेस्रो टाइगर कप भलिबलः पुरुषतर्फ गण्डकी विजयी

माघ ८ बाट पोखरामा सुरु प्रतियोगितामा महिलातर्फ ४ र पुरुषतर्फ ५ टोलीको सहभागिता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पोखरामा आयोजित तेस्रो टाइगर कप अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको पुरुष तर्फको उपाधि घरेलु टोली गण्डकी प्रदेशले जितेको छ ।

विभागीय टोली एपीएफ क्लबलाई ३–२ को सेटमा पराजित गर्दै गण्डकी च्याम्पियन बनेको हो । अपराजित रहँदै फाइनल पुगेको एपीएफले पहिलो सेट २५–१६ ले जितेको थियो ।

दोस्रो सेट गण्डकी प्रदेशले २५–१८ तथा तेस्रो सेट २५–१९ ले जितेको थियो । चौंथो सेट एपीएफले २८–२६ ले जितेसँगै खेलको निर्णय पाँचौ सेटबाट लिईएको थियो ।

निर्णायक पाँचौ सेट गण्डकीले १५–८ ले जित्यो । विजेता गण्डकीले ५ तथा उपविजेता एपीएफले भने २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्‍यो ।

माघ ८ बाट पोखरामा सुरु प्रतियोगितामा महिलातर्फ ४ र पुरुषतर्फ ५ टोलीको सहभागिता रहेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार