चैत्र १६, २०८० शुक्रबार March 29, 2024

निर्वाचन आयाेगले फागुन २८ अगाडी नै राष्ट्रपति निर्वाचनकाे घाेषणा गराेस् : पूर्णबहादुर खड्का

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडाैंः नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले निर्वाचन आयाेगले फागुन २८ अगाडि नै राष्ट्रपति निर्वाचनका लागि मिति घाेषणा गर्नुपर्ने बताएका छन्।

उपसभापति खड्काले सामाजिक सञ्जालमार्फत् आइतबार बिहान यस्ताे बताएका छन्।

उनले राष्ट्रपतिकाे विषयमा देखिन थालेकाे संशयबाट निर्वाचन आयाेग बाहिर निस्कन पनि श्रेयस्कर हुने उल्लेख गरेका छन्।

उपसभापति खड्काले ट्वीटरमा लेखेका छन्, ‘दायाँबायाँ नसाेची, नहेरी निर्वाचन आयाेगले फागुन २८ अगावै सम्पन्न हुने गरी राष्ट्रपतिको निर्वाचनकाे मिति घाेषणा गरेर अहिले यस विषयमा देखिन थालेकाे संशयकाे घेराबाट आफूलाई समयमै बाहिर निकाल्नु संवैधानिक संस्थाकाे गरिमाकाे लागि श्रेयस्कर हुनेछ। यसतर्फ बेलैमा ध्यान जाओस्।’

सत्ता साझेदार गठबन्धनबीच राष्ट्रपतिकाे उम्मेदवारमा सहमति जुट्न सकेकाे छैन। यता नेपाली कांग्रेसले राष्ट्रिय सहमतिअनुसार राष्ट्रपति बन्नुपर्ने बताउँदै आएकाे छ।

वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीकाे कार्यकाल फागुन २९ मा सकिँदैछ। यता निर्वाचन आयाेगले भने माघ २८ गतेभित्र निर्वाचन गराउने तयारीमा रहेकाे जनाएकाे छ।

खड्काद्धारा जारी ट्वीट:

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया