वैशाख ६, २०८१ बिहिबार April 18, 2024

पाँच दिनदेखि अवरुद्ध नाग्म-गमगढी सडक पुन: सञ्चालनमा

पिना–सातमोड–बुलबुले क्षेत्रमा जमेको हिउँ एक्साभेटर प्रयोग गरेर पन्छाएसँगै अवरुद्ध सडक खुल्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः हिउँ जमेपछि पाँच दिनदेखि अवरुद्ध नाग्म–गमगढी सडक चालु भएको छ । जुम्ला सडक डिभिजन कार्यालयले सडकखण्डको पिना–सातमोड–बुलबुले क्षेत्रमा जमेको हिउँ एक्साभेटर प्रयोग गरेर पन्छाएकाले अवरुद्ध सडक सञ्चालनमा आएको हो ।

यही माग १० गते रातिदेखि ११ गतेसम्म हिमाली जिल्लामा हिमपात हुँदा यो क्षेत्रमा दुई फिटभन्दा बाक्लो हिउँ जमेको थियो । बाक्लो हिउँ जमेपछि नाग्म गमगढी सडकमा यातायातका साधन चल्न सकेका थिएनन् । उक्त कार्यालयले १२ गतेदेखि नैै हिउँ पन्छाउन थालेकाले सडक सञ्चालनमा आएको त्यहाँका सुपरभाइजर जङ्गी विश्वकर्माले बताए ।

विगत वर्षमा वर्षा याममा पानी र हिउँदमा हिउँ पर्दा यो खण्डको सडक महिनादिनसम्म अवरुद्ध हुने गरेकामा चालु आवमा सडक डिभिजन कार्यालयले पहिरो र हिउँ पन्छाउन ठाउँठाउँमा एक्साभेटर र कर्मचारी तयारी अवस्थामा राखेकाले छिटै बाटो सञ्चालनमा आएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया