श्रावण ३, २०८२ शनिबार July 19, 2025

क्यानका अध्यक्ष चतुरबहादुर चन्दसहित ५ जना पदाधिकारीको राजिनामा माग

नेपाल टी–२० लिग आयोजनाको जिम्मेवारी भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसलाई दिएर गल्ती गरेको आरोप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाल क्रिकेट संघ क्यानका ७ जना केन्द्रिय सदस्यले अध्यक्ष चतुरबहादुर चन्दसहित कार्य सम्पादन समितिमा रहेका ५ जना पदाधिकारीको राजिनामा माग गरेका छन् । कार्यसम्पादन समितिमा अध्यक्ष चतुरबहादुर चन्द, सचिव प्रशान्त विक्रम मल्ल, कोषाध्यक्ष रोसन सिंह, सदस्यहरु दुर्गाराज पाठक र पदम खड्का छन् ।

राजिनामा माग्ने केन्द्रिय सदस्यहरुमा ऋषिराज गौतम, दाउद अन्सारी, सञ्जयराज सिंह, करण महतरा क्षेत्री, अमितवीर पाण्डे, छुम्बी लामा र धर्मराज गिरी छन् । उनीहरुले काठमाडौंमा पत्रकार सम्मेलन गरी नेपाल टी–२० लिग आयोजनाको जिम्मेवारी भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसलाई दिएर गल्ती गरेको भन्दै ५ जना पदाधिकारीको राजिनामा माग गरेका हुन् । आयोजक कम्पनी सेभेन थ्री स्पोर्टस नै फिक्सिङमा संलग्न भएको पाइएको र यसो मुख्य जिम्मेवार क्यान नेतृत्व भएको उनीहरुको आरोप छ ।

राजिनामा माग्नेहरुले भनेका छन्, ‘स्पट फिक्सिङ हुँदा संस्था बिरलै संलग्न हुन्छन् । तर यहाँ त साझेदार कम्पनी नै फिक्सिङमा संलग्न छ र जुन कम्पनीसँग क्यानले सम्झौता गरेको छ । त्यसैले क्यान नेतृत्व र कार्य सम्पादन समिति स्पट फिक्सिङको दोषबाट भाग्न सक्दैन ।’

अध्यक्ष चन्दले पत्रकार सम्मेलन गरेर नेपाल टी–२० लिग आयोजनामा गल्ती भएको स्वीकारेका थिए । तर आज आइतबार पत्रकार सम्मेलन गर्ने ७ जना केन्द्रिय सदस्यले भने आफूहरुले बारम्बार सचेत गराउँदा पनि अध्यक्ष र कार्य सम्पादन समितिले जानाजान गलत निर्णय गरेको आरोप लगाएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार