श्रावण ३, २०८२ शनिबार July 19, 2025

एनटिभी कप : राससलाई ७-० गोल अन्तरले हराउँदै नेपाल टेलिभिजन बिजयी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः ‘एनटिभी कप–२०७९’ फुटसल प्रतियोगिताको उपाधि नेपाल टेलिभिजनले जितेको छ । राष्ट्रिय समाचार समिति (रासस)लाई ७–० गोल अन्तरले हराउँदै नेपाल टेलिभिजनले उपाधि हात पारेको हो । राससले उपविजेतामै चित्त बुझायो ।

नेपाल टेलिभिजनको ३८औँ वार्षिकोत्सवका अवसरमा आज शान्तिनगरस्थित फुटसल कोर्टमा भएको उक्त मैत्रीपूर्ण प्रतियोगितामा नेपाल टेलिभिजनका लागि वासुदेव अवाल र सुशील अधिकारीले दुई÷दुई तथा महेश निरौला, दीप बस्नेत र प्रज्ज्वल शाक्यले एक÷एक गोल गरे ।

चार सरकारी सञ्चारमाध्यमबीच भएको उक्त प्रतियोगितामा गोरखापत्रलाई हराउँदै रेडियो नेपाल तेस्रो भयो । रेडियो नेपालले गोरखापत्रलाई ५–० गोल अन्तरले पराजित गरेको हो । त्यसअघि भएका खेलमा राससले गोरखापत्रलाई ७–० गोलअन्तरले तथा नेपाल टेलिभिजनले रेडियो नेपाललाई ६–० गोलअन्तरले हराएको थियो ।

विजेता खेडालीलाई नेपाल टेलिभिजनको ३८औँ वार्षिकोत्सव समारोहमा शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने नेपाल टेलिभिजन कर्मचारी युनियनका नेता विश्वेश्वर पौडेलले जानकारी दिए। नेपाल टेलिभिजनको वार्षिकोत्सव यही माघ १७ गते मनाइँदै छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार