काठमाण्डौं : आजै मात्र नेपाली नागरिक कायम भएका रबि लामिछानेलाई राष्ट्रिय स्वतन्त्र पार्टीको अध्यक्षको जिम्मेवारी दिइएको छ ।
पार्टीको आज बसेको केन्द्रीय समितिको बैठकले लामिछानेलाई नै पुनः सभापतिको जिम्मेवारी दिने निर्णय गरेको हो ।
लामिछानेलाई काठमाडौं जिल्ला प्रशासन कार्यालयले नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेपछि रास्वपाले पार्टी अध्यक्ष चयन गर्न केन्द्रीय समितिको बैठक बोलाएको थियो ।
बैठकमा छलफलपछि सर्वसम्मत रुपमा उनलाई पार्टी अध्यक्ष बनाउने निर्णय भएको हो । गएकाे भदाैमा गठन भएकाे पार्टीकाे संस्थापक अध्यक्ष लामिछाने नै थिए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया