श्रावण ३, २०८२ शनिबार July 19, 2025

सातौं राजर्षि जनक कप फुटबल माघ २५ देखि

सर्लाहीको वाग्मतीमा हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सातौं राजर्षि जनक कप फुटबल प्रतियोगिता माघ २५ गतेबाट सुरु हुने भएको छ । सर्लाहीको वाग्मतीमा हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।

वाग्मती युवा क्लबको आयोजनामा प्रतियोगिता आयोजना हुँदै आएको छ । आयोजक क्लबका अध्यक्ष किस्मत मैनालीका अनुसार प्रतियोगिताको खेल तालिकासमेत सार्वजनिक भइसकेको छ ।

उद्घाटन खेलमा विभागीय टिम एपीएफले जावलाखेल युथ क्लबसँग प्रतिस्पर्धा गर्नेछ । १२ टोली सहभागी हुने प्रतियोगिताको विजेताले १० लाख तथा दोस्रो हुनेले ५ लाख नगद पाउनेछन् ।

वाग्मती नगरपालिका–११ स्थित स्व.सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा हुने प्रतियोगितामा गतवर्षको विजेता पिप्ले युथ क्लब हेटौंडा, सुदूरपश्चिम–११, संकटा क्लब, नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लबलगायत भारतको दार्जिलिङ युनाइटेड किङडम क्लबले सहभागिता जनाउने आयोजकले जनाएको छ ।

फागुन ७ गते हुने फाइनल प्रतिस्पर्धामा प्रथम हुने टिमले १० लाख नगदसहित सुन र चाँदी प्रयोग गरेर ४ लाख रुपैयाँमा निर्माण गरिएको २० किलोको कलात्मक सिल्ड चुम्न पाउनेछ । ९८ लाख रुपैयाँ लागत अनुमान गरिएको प्रतियोगिताअन्तर्गत हरेक विधामा उत्कृष्ट खेलाडीलाई जनही २५ हजार रुपैयाँ तथा हरेक दिनको प्लेयर अफ दि म्याच घोषित खेलाडीलाई १० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

उत्कृष्ट खेल खेल्ने सर्लाहीका एक खेलाडीलाई वाग्मती राइजिङ अफ द इयर प्लेयर्स घोषणासहित एक थान मोटरसाइकलसमेत प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा सुरु खेलमा एक सय, सेमिफाइनल तथा फाइनल खेलमा २०० रुपैयाँको टिकट दर तोकिएको छ ।

फुटबल प्रतियोगिता सम्पन्न गर्न वाग्मती नगरपालिकासहित विभिन्न गैरसरकारी संघसंस्था, उद्योगी, व्यापारीसँग सहयोग संकलन गरिएको महासचिव सागर मैनालीले बताए । आयोजकका अनुसार विभिन्न व्यापारिक हाउसहरूले प्रायोजनमा चासो नदेखाउँदा आर्थिक रूपले समस्या भइरहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार