वैशाख ७, २०८१ शुक्रबार April 19, 2024

भूकम्प आउने हल्लाले जुम्ला, मुगु बाजुराका बासिन्दा रातभर सडकमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः भूकम्प आउने हल्ला फैलिएपछि हुम्ला, मुगु र बाजुराका स्थानीय रातभर चिसोमा जाग्राम बसेका छन् । भूकम्प आउने त्रास फैलिएपछि नागरिकहरू रातभर सडकमै बसेका हुन्।

नागरिकलाई चिसोमा रातभर घर बाहिर बसाउने गलत काम गर्ने व्यक्तिलाई कारबाहीका लागि खोजी गरिरहेको जिल्ला प्रशासन कार्यालय हुम्ला र मुगुले जनाएको छ।

त्यस्ता, मित्था हल्ला फैलाउनेलाई कारबाहीका लागि सहजीकरण गर्न प्रशासनले अनुरोध गरेको छ । गत माघ १० गते बाजुरालाई केन्द्रविन्दु बनाएर ५.९ म्याग्निच्यूडको भूकम्प गएको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया