श्रावण ३, २०८२ शनिबार July 19, 2025

पाकिस्तानको पेशावरस्थित एक मस्जिदमा बम विष्फोट, ५९ जनाको मृत्यु, कैयौं घाइते

मस्जिदमा प्रार्थना गरिरहेका प्रहरीहरुलाई लक्षित गरी गरिएको घटनामा ज्यान गुमाउनेहरू मध्ये अधिकांश प्रहरीहरु नै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पाकिस्तानको पेशावर सहरको एक मस्जिदमा भएको विस्फोटमा परी ५९ जनाको मृत्यु भएको छ । विष्फोटमा परी १ सय ५७ जना घाइते भएका छन् । बम विष्फोटपछि मस्जिद भवनको एक भाग ध्वस्त भएको छ ।

आत्मघाती आक्रमण मस्जिदमा प्रार्थना गरिरहेका प्रहरीहरुलाई लक्षित गरी गरिएको अनुमान गरिएको छ । घटनामा ज्यान गुमाउनेहरू मध्ये अधिकांश प्रहरीहरु नै रहेको बताइएको छ । विस्फोट कसले गराएको भन्ने पुष्टि भएको छैन ।

स्थानीय समय अनुसार हिजो दिउँसो झण्डै १:३० बजेतिर एक मस्जिदमा मानिसहरू भरिभराउ रहेका बेला भएको विस्फोटन भएको हो । गत नोभेम्बरमा युद्धविराम भङ्ग गरेको पाकिस्तानी तालिबानले हमला आफूले गराएको जनाएको छ । तर पुष्टि हुन भने बाँकी छ ।

विस्फोट हुँदा ३ सय देखि ४ सय प्रहरी अधिकारीहरू सो क्षेत्रमा रहेको समाचारमा उल्लेख छ । प्रधानमन्त्री शहबाज सरिफले आक्रमणको कडा निन्दा गर्दै आतंकवादको खतरा विरुद्ध सम्पूर्ण राष्ट्र एकजुट रहेको बताउनुभएको छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेस प्रदेशको चार सय ४२ हेक्टर वन अतिक्रमण मुक्त
२०८२ श्रावण ३, शनिबार
नेसपा (नयाँ शक्ति)ले पाँच महिने प्रशंसा अभियान चलाउने
२०८२ श्रावण ३, शनिबार
अमेरिकाद्वारा डब्लुएचओको नयाँ ‘महामारी नियम’ अस्वीकार
२०८२ श्रावण ३, शनिबार
बजेट निर्माणमा जनसङ्ख्या र भूगोलको सन्तुलन मिलाइएको छः उपप्रधानमन्त्री प्रकाशमान सिंह (अन्तवार्ता)
२०८२ श्रावण ३, शनिबार
चालु आवमा दैनिक २.५५ किलोमिटर सडक निर्माण : प्रधानमन्त्री
२०८२ श्रावण ३, शनिबार
काभ्रेपलाञ्चोकमा बस दुर्घटना, २३ यात्रु घाइते (सूचीसहित)
२०८२ श्रावण ३, शनिबार
एमाले पोलिटब्युरो बैठक ललितपुरमा सुरु
२०८२ श्रावण ३, शनिबार