वैशाख ८, २०८१ शनिबार April 20, 2024

पाल्पामा चितुवाको छालासहित एक जना पक्राउ

चितुवाले घरको बाख्रा खाएको भन्दै बिषादी प्रयोग गरेर चितुवालाई मारेर छाला काढेको खुलाशा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पाल्पामा चितुवाको छालासहित एकजना पक्राउ परेका छन् । पश्चिम पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नम्बर २ दिगबाट स्थानीय ३८ वर्षका सोमान सिंह खत्री पक्राउ परेका हुन् ।

उनलाई चितुवाको छालासहित ईलाका प्रहरी मुझुङका प्रमुख सोम बहादुर सारुसहितको प्रहरी टोलीले उनलाई घरबाटै नियन्त्रणमा लिएको हो ।

सोमबार बेलुका पक्राउ गरेपछि हाल उनलाई अनुसन्धानका लागि डिभिजन वन कार्यालय पाल्पालाई बुझाएको मुझङु प्रहरी प्रमुख दर्लामीले बताउनुभयो ।

खत्रीले चितुवाले घरको बाख्रा खाएको भन्दै बिषादी प्रयोग गरेर चितुवालाई मारेर छाला काढेको भन्ने सुराकीका आधारमा प्रहरीको टोलीले खत्रीलाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया