वैशाख ११, २०८१ मंगलबार April 23, 2024

प्रेमकाे नाटक गरेर महिलाकाे अश्लिल भिडियाे बनाउने पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सामाजिक सञ्जालको दुरुपयोग गरी चरित्रहत्या गरेको अभियोगमा दोलखा मेलुङ गाउँपालिका-७ खड्काथोक बस्ने २४ वर्षीय अर्जुन खड्कालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार  पिडकले  सामाजिक सञ्जाल फेसबुक मार्फत पीडित महिलासँग चिनजान गरेर म्यासेञ्जरमा कुराकानी गरी प्रेम गरेकाे नाटक गरेर  शारीरिक सम्बन्ध राखेका थिए ।

त्यसपछि अश्लील फोटो तथा भिडियो बनाई पीडितको साथीको फेसबुक म्यासेञ्जरमा पठाएर अनावश्यक दु:ख, हैरानी दिएकाे प्रहरीकाे भनाइ छ । समाजमा पीडितको चरित्रहत्या, बदनाम, बेईज्जत हुने कार्य गरेकाले उनलाई नेपाल प्रहरी प्रधान कार्यालय साईबर ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनी माथी विद्युतीय कारोवार ऐन, २०६३  अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान कार्य भइरहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया