चैत्र १६, २०८० शुक्रबार March 29, 2024

कृषि विकास बैंकको सीईओ बन्न २२ जनाले दिए आवेदन

बैंकका निवर्तमान प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायको कार्यकाल सकिए लगत्तै रिक्त पदमा २२ जनाको आवेदन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सरकारी स्वामित्वको कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (ceo) पदका लागि आइतबारसम्म २२ भाईको आवेदन परेको छ । बैंकका निवर्तमान प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायको कार्यकाल सकिए लगत्तै रिक्त पदमा २२ जनाको आवेदन परेको हो ।

बैंकले गत पुस २५ मा विज्ञापन प्रकाशित गरी माघ १५ गतेसम्म ceo का लागि आवेदन दिन सकिने म्याद तोकेको थियो । सोही सूचनाका आधारमा आइतबार साँझसम्म २२ जनाको आवेदन परेको हो ।

सीईओका लागि कृषि विकास बैंकका कार्यरत २ जना कर्मचारीसहित कुल २२ जनाको आवेदन परेको हो । ceo का लागि आवेदन दिनेहरुमा यज्ञ प्रकाश न्यौपाने, प्रताब सुवेदी, गोविन्द गुरुङ, पूर्णप्रसाद आचार्य, कबिराज अधिकारी, भानु कँडेल, रमेशराज जोशी, प्रमेश कायस्थ, कुमार केसी, बद्री गुरागाईँ, रामराज उपाध्याय, नरेश कुमार रोका, विश्वप्रकाश सुवेदी, अशोककुमार पौडेल, सुन्दरराम बोहोरा, तिलकराज पाण्डेय, भवानी शंकर चापागाईँ, ताराखर अधिकारी, विष्णुदेव यादव, अरुणकुमार ढुंगाना, प्रमोदबाबु तिवारी र रामदेव यादव रहेको बैंक स्रोतले जनाएको छ ।

ceo उपाध्यायको कार्यकाल गत पुस १० गते देखि सकिएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया