वैशाख ४, २०८१ मंगलबार April 16, 2024

पोखरा हवाई दुर्घटना : छ जनाको ‘डिएनए’ परीक्षण सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः पोखरा हवाई दुर्घटनामा मृत्यु भएकामध्ये छ जनाको शव पहिचान गर्न ‘डिएनए’ परीक्षण सुरु भएको छ ।

त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालका फरेन्सिक मेडिसिन विभागका प्रमुख डा. गोपालकुमार चौधरीले दुर्घटनामा परी शव अत्यधिक जलेको कारणले डिएनएबाट मात्र शव पहिचान हुने भएकाले परीक्षण सुरु गरिएको जानकारी दिए।

उनका अनुसार नेपाल प्रहरीको डिएनए प्रयोगशालामा शव पहिचान सुरु गरिएको हो । उनले परिवारको नमुना सङ्कलन र छजना शवको हड्डी र दाँतको डिएनए निकाली प्रयोगशालामा पठाइसकेको जानकारी दिए । यो विधिबाट शव पहिचान गर्न कम्तीमा दुई हप्ता लाग्ने जनाइएको छ । काठमाडौँ ल्याएका ४८ मध्ये फरेन्सिक र फिङ्गर फ्रिन्टबाट ४२ जनाको शव पहिचान गरिएको थियो ।

पोखरामा २२ जनाको फरेन्सिक जाँच शव पहिचान गरिएको हो । गत माघ १ गते काठमाडौँबाट पोखरातर्फ गइरहेको यती एयरलाइन्सका जहाज सेती नदीको खोँचमा दुर्घटना हुँदा ७२ जनाको निधन भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कार्यवाहक अर्थमन्त्रीको जिम्मा नारायणकाजीलाई
२०८१ वैशाख ४, मंगलबार
रेफ्रीलाई मुक्का ताकेपछी रोनाल्डोलाई दुई खेलमा प्रतिबन्ध
२०८१ वैशाख ४, मंगलबार
धनकुटाको हिलेमा अन्तरपालिका पुरुष भलिबल प्रतियोगिता सुरु
२०८१ वैशाख ४, मंगलबार
जीतपुरसिमरा गोल्डकप च्याम्पियन बन्यो पुलिस क्लब
२०८१ वैशाख ४, मंगलबार
राष्ट्रपति रनिङ शिल्डमा पलेशाले ओलम्पिक दीप प्रज्ज्वलन गर्ने
२०८१ वैशाख ४, मंगलबार
दुई चार सीट ल्याएर सत्ताको च्याँखे थाप्नेको पसल बन्द गरौंः गोकुल बास्कोटा
२०८१ वैशाख ४, मंगलबार
चैतेदसैँः चितवनको विक्रमबाबा, सोमेश्वर र गोद्धकमा मेला
२०८१ वैशाख ४, मंगलबार