श्रावण ३, २०८२ शनिबार July 19, 2025

हमलापछि इरानबाट अजरबैजानी दूतावासका कर्मचारी र परिवारका सदस्यहरू बाहिर निकालिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अजरबैजानी दूतावासका कर्मचारी र उनीहरूका परिवारका सदस्यहरूलाई शुक्रबार दूतावासमा भएको घातक आतङ्कवादी हमलापछि इरानबाट बाहिर निकालिएको छ।

जर्मनीका लागि अजरबैजानका राजदूत नासिमी अघायेभले ट्वीट गर्दै तिनीहरू भर्खरै बाकु आइपुगेको बताएका छन् । उनका  अनुसार इरानमा रहेको अजरबैजानको दूतावासमा एक व्यक्तिले गोली चलाउँदा एक सुरक्षाकर्मीको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएको  तुरान समाचार एजेन्सीले  उल्लेख गरेको छ।

समाचार एजेन्सीका अनुसार आक्रमणकारीले मेसिन गन बोकेका थिए र दूतावासको सुरक्षा  खटिएका कर्मचारीमाथि गोली प्रहार गरेका थिए । घटनामा अन्य दुई जना घाइते भएको बताइएको छ । अजरबैजानी विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै मृतक ओर्खान अस्केरोभ दूतावासको सुरक्षा सेवाका प्रमुख रहेको जनाएको छ।

उक्त आक्रमणपछि इरानी अधिकारीहरूले अपराधीलाई पक्राउ गरिएको  बताएका छन् तर उनको नाम भने सार्वजनिक गरिएको छैन । इर्ना समाचार एजेन्सीका अनुसार प्रहरीले सो घटनाको अनुसन्धान गरिरहेको छ।

तेहरानका प्रहरी प्रमुख हुसेन रहिमीले आक्रमणकारी आफ्ना दुई छोराछोरीसहित दूतावासभित्र प्रवेश गरेको बताएका छन् । प्रारम्भिक रिपोर्टहरूले आक्रमणको उद्देश्य “व्यक्तिगत र परिवार” भएको हुन सक्ने देखाएको छ । एएनआई

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेस प्रदेशको चार सय ४२ हेक्टर वन अतिक्रमण मुक्त
२०८२ श्रावण ३, शनिबार
नेसपा (नयाँ शक्ति)ले पाँच महिने प्रशंसा अभियान चलाउने
२०८२ श्रावण ३, शनिबार
अमेरिकाद्वारा डब्लुएचओको नयाँ ‘महामारी नियम’ अस्वीकार
२०८२ श्रावण ३, शनिबार
बजेट निर्माणमा जनसङ्ख्या र भूगोलको सन्तुलन मिलाइएको छः उपप्रधानमन्त्री प्रकाशमान सिंह (अन्तवार्ता)
२०८२ श्रावण ३, शनिबार
चालु आवमा दैनिक २.५५ किलोमिटर सडक निर्माण : प्रधानमन्त्री
२०८२ श्रावण ३, शनिबार
काभ्रेपलाञ्चोकमा बस दुर्घटना, २३ यात्रु घाइते (सूचीसहित)
२०८२ श्रावण ३, शनिबार
एमाले पोलिटब्युरो बैठक ललितपुरमा सुरु
२०८२ श्रावण ३, शनिबार