श्रावण ३, २०८२ शनिबार July 19, 2025

‘स्कुल स्कुलमा भलिबल’ प्रतियोगिता हुने

आगामी फागुन १६ देखि १९ गतेसम्म पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा प्रतियोगिता सञ्चालनको तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः भलिबल खेलको विकास, विस्तार र खेलाडी उत्पादनको लक्ष्यसहित गण्डकी प्रदेशको राजधानी सहर पोखरामा सामुदायिक(सरकारी) विद्यालयस्तरीय छात्रछात्रा भलिबल प्रतियोगिता हुने भएको छ । सिर्जना विकास केन्द्र पोखरा र कास्की जिल्ला भलिबल सङ्घको संयुक्त आयोजनामा आगामी फागुन १६ देखि १९ गतेसम्म पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा प्रतियोगिता सञ्चालनको तयारी गरिएको हो ।

नेपालको राष्ट्रिय खेल भलिबललाई थप लोकप्रिय बनाउन र विद्यालयबाट खेलको जग बलियो बनाइ जिल्ला, प्रदेश तथा राष्ट्रिय अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यले पाँचौँ संस्करणको ‘सिर्जना कप सामुदायिक विद्यालय छात्रछात्रा भलिबल’ प्रतियोगिता गर्न लागिएको केन्द्रका अध्यक्ष कृष्णबहादुर थापाले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

उनका अनुसार स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुदको मूल नारालाई आत्मसाथ गरी स्कुल स्कुलमा भलिबल खेल पु¥याउने लक्ष्यसहित प्रतियोगितालाई निरन्तरता दिइएको हो । उनले भने,“खेलकुदमा पछि परेको सामुदायिक विद्यालयमा प्रतियोगिताले भलिबल खेलको विस्तार र खेलाडी उत्पादनमा मद्दत पुग्नेछ । गाउँ–गाउँबाट नवप्रतिभाले आफ्नो खेल कौशल प्रस्तुत गर्ने अवसर पाउनेछन् ।”

प्रतियोगिताले कुना कन्दरामा लुकेर रहेका प्रतिभाले आफ्नो प्रतिभा उजागर गर्न पाउने र त्यसबाट राम्रा खेलाडी उत्पादन हुने विश्वास आयोजकको छ । कास्कीका सामुदायिक विद्यालयमा कक्षा १२ सम्मका विद्यार्थीले प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन् । कुल ५० विद्यालयले उपाधिका लागि प्रतिस्पर्धा गर्ने विश्वास आयोजकको छ ।

प्रतियोगिताको उपाधि विजेता छात्रछात्रा दुवै तर्फकालाई रु एक÷एक लाख, उपविजेतालाई रु ६०/६० हजार र तृतीय हुने विद्यालयलाई ३५/३५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने प्रतियोगिता संयोजक मीनप्रसाद भट्टराईले जानकारी दिए ।

यसैगरी सर्वोत्कृष्ट छात्रछात्रा दुवैलाई रु पाँच/पाँच हजार र अन्य छ विधाका उत्कृष्ट खेलाडीसमेतलाई पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिता सञ्चालन गर्न रु ११ लाख खर्च लाग्ने र रु १२ लाख ५० हजार आम्दानी गरी बचत रकम भलिबल खेलको विकासमा खर्च गरिने बताइएको छ । कोष खडा गरी जम्मा भएको रकम खेल विकासमा लगाउने योजना रहेको प्रचारप्रसार संयोजक इन्द्रप्रसाद पौडेलले बताए । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार