श्रावण ३, २०८२ शनिबार July 19, 2025

विकासको नयाँ ढाँचा स्थापनामा चिनियाँ राष्ट्रपतिको जोड

चीनको आर्थिक विकासका निम्ति विकासको नयाँ ढाँचा अपरिहार्य

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः चीनका राष्ट्रपति सी चिनफिङले विकासको नयाँ ढाँचा स्थापनामा जोड दिनुभएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) केन्द्रीय समितिका महासचिव सीले विकासको नयाँ ढाँचा स्थापनाका साथै सुरक्षाा र विकासका प्रयासलाई बढावा दिनुपर्नेमा जोड दिनुभएको हो ।

सिपिसी राजनीतिक ब्यूरोको बैठकमा महासचिव सीले विकासको नयाँ ढाँचा स्थापनालाई तीव्र गतिमा अघि बढाउँदै दोस्रो शताव्दीको लक्ष्य हासिल गर्न र विकासका साथै सुरक्षा सुनिश्चित गर्नुपर्ने बताउनुभयो ।

उहाँले भविष्यको विकासको प्रयासलाई रणनीतिक योजना बनाएर कार्यसम्पादन गर्न सुझाउनुभयो ।

चीनको आर्थिक विकासका निम्ति विकासको नयाँ ढाँचा अपरिहार्य भएको उल्लेख गर्दै महासचिव सीले चिनियाँ राष्ट्रको महान् पुनरुत्थानको प्रक्रियालाई निर्वाध अघि बढाउन तथा आधुनिक समाजवादी देशका रूपमा चीनलाई चिनाउने लक्ष्य हासिल गर्नु विकासको नयाँ ढाँचाको उद्देश्य भएको स्पष्ट गर्नुभयो । सिन्हा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेस प्रदेशको चार सय ४२ हेक्टर वन अतिक्रमण मुक्त
२०८२ श्रावण ३, शनिबार
नेसपा (नयाँ शक्ति)ले पाँच महिने प्रशंसा अभियान चलाउने
२०८२ श्रावण ३, शनिबार
अमेरिकाद्वारा डब्लुएचओको नयाँ ‘महामारी नियम’ अस्वीकार
२०८२ श्रावण ३, शनिबार
बजेट निर्माणमा जनसङ्ख्या र भूगोलको सन्तुलन मिलाइएको छः उपप्रधानमन्त्री प्रकाशमान सिंह (अन्तवार्ता)
२०८२ श्रावण ३, शनिबार
चालु आवमा दैनिक २.५५ किलोमिटर सडक निर्माण : प्रधानमन्त्री
२०८२ श्रावण ३, शनिबार
काभ्रेपलाञ्चोकमा बस दुर्घटना, २३ यात्रु घाइते (सूचीसहित)
२०८२ श्रावण ३, शनिबार
एमाले पोलिटब्युरो बैठक ललितपुरमा सुरु
२०८२ श्रावण ३, शनिबार