चैत्र १६, २०८० शुक्रबार March 29, 2024

भद्रपुर-सलकपुर सडक छ प्रतिशत कालोपत्र

झापाको भद्रपुरदेखि इलामको सलकपुरसम्म जोड्ने सडक डेढ वर्षमा तीन किलोमिटर मात्र कालोपत्र

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः झापाको भद्रपुरदेखि इलामको सलकपुरसम्म जोड्ने सडक डेढ वर्षमा तीन किलोमिटर मात्र कालोपत्र भएको छ । कन्काई मोती जेभी काठमाडौँले २०७८ भदौमा दुई वर्षभित्र कालोपत्र गर्ने गरी ठेक्का सम्झौता गरेको थियो । हालसम्म तीन दशमलव छ किलोमिटर मात्र कालोपत्र गरिएको छ ।

पूर्वाधार विकास कार्यालय झापाका इन्जिनियर दीपेन्द्रकुमार साहका अनुसार प्रदेश नं १ सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको रु. २६ करोड ६९ लाख लागतमा भद्रपुर–सलकपुर सडक कालोपत्र गर्न थालिएको हो । “सडकको हालसम्मको वित्तीय प्रगति छ प्रतिशतमात्र भएको छ”, उहाँले भन्नुभयो । निन्दा पुलदेखि इँटाभट्टासम्म तथा इँटाभट्टा दोकानडाँडादेखि निन्दा सिरानसम्म सडक कालोपत्र गर्न लागिएको साहको भनाइ छ ।

सो सडक निर्माणपछि इलामको रोङ गाउँपालिकाका पर्यटकीयस्थल झण्डीडाँडा, कन्याम, सलकपुरलगायत क्षेत्र पुग्न सजिलो हुनेछ । कृषिजन्य वस्तुको बजारीकरण गर्न किसानलाई सहज हुनेछ ।  रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया