वैशाख ७, २०८१ शुक्रबार April 19, 2024

सिन्धुलीको रानीबासमा जङ्गली हात्तीको आतङ्क, चार वटा घरमा क्षति

जङ्गली हात्ती गाउँमा पसेर घर भत्काउने र घरभित्र रहेको अन्न पनि नष्ट गरेपछी स्थानीय त्रसित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सिन्धुलीको कमलामाई नगरपालिका १४ तल्लो रानीबासमा जङ्गली हात्तीको त्रास बढेको छ । हात्तीले पछिल्लो दुई दिनमा चार वटा घरमा क्षति पुर्‍याएको छ । हात्तीले स्थानीय आइते माझी, सन्तबहादुर माझी, सन्तोष न्यौपाने र गोविन्द खड्काको घरमा क्षति पुर्‍याएको हो ।

जङ्गली हात्ती गाउँमा पसेर घर भत्काउने र घरभित्र रहेको अन्न पनि नष्ट गरेको पीडितको गुनासो छ । हात्तीले घरभित्रै पसेर धान, चामल, मकै जे भेट्यो त्यही खाने गरेको छ । हात्तीको आतङ्कले गर्दा खेतबारीमा खेती लगाउन छोडेपछि अहिले गाउँघरमै आएर दुःख दिन थालेको उनीहरूको भनाइ छ । हात्ती कति बेला आउने हो र घर भत्काउने हो भन्ने त्रासले रातभर सुत्न नपाएको स्थानीय ज्ञानेन्द्रराज खड्काले बताउनुभयो ।

कमलामाई नगरपालिकाका मेयर उपेन्द्रकुमार पोख्रेलले हात्तीले क्षति पुर्‍याएकाे क्षेत्रमा अनुगमन गरिएको र बस्ती नै विस्थापित हुने अवस्था आएकाले तत्कालका लागि राहतको व्यवस्था गरिएको जानकारी दिनुभयो । हात्तीलाई बस्तीमा प्रवेश गर्न रोक्नका लागि पहल भइरहेको पनि उहाँको भनाइ छ ।

जङ्गली हात्ती दिनको समयमा लुक्ने र राति गाउँमा पसेर घरमा क्षति पुर्‍याउने गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया