वैशाख ८, २०८१ शनिबार April 20, 2024

माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै

पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज बस्दै छ । पार्टी कार्यालय पेरिसडाँडामा स्थायी कमिटी बैठक दिउँसो ३ बजे बस्ने माओवादीले जनाएको छ ।

यसअघि बिहीबार पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी गराउँदै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिनेदेखि सरकारबाटै बाहिरिनेसम्मको परिस्थिति बनेको बताएका थिए ।

गृह मन्त्रालय नपाउने भएपछि रास्वपा सरकारसँग चिढिएको छ । प्रचण्डले रविको मुद्दा टुंगो नलागेसम्म गृह मन्त्रालयमा फर्काउन नसकिने अडान लिँदै आएका छन् । बिहिबारै बसेको रास्वपाको बैठकले २ दिनपछि सरकारमा सहभागी हुने या नहुनेबारे ठोश निर्णय लिने निष्कर्ष निकालेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया