वैशाख ७, २०८१ शुक्रबार April 19, 2024

लायन्स क्लब डिष्ट्रिक्ट ३२५ के नेपालको तेस्रो क्याविनेट मिटिङ बागलुङमा शुरु

दुई दिनसम्म चल्ने क्याविनेट मिटिङमा डिष्ट्रिक्ट अन्तर्गतका करीव ८ सय लायन्स सदस्यहरुको सहभागिता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक्ट ३२५ के नेपालको तेस्रो क्याविनेट मिटिङ बागलुङमा शुरु भएको छ । नेपालमा रहेका विभिन्न १५ वटा डिष्ट्रिक्टमध्य निकै नै चलायमान र प्रभावशाली मानिएको यो डिष्ट्रिक्टको तेस्रो क्याविनेट मिटिङ आजदेखि बागलुङमा शुरु भएको हो ।

आज र भोली अर्थात (शुक्रबार र शनिवार) दुई दिनसम्म चल्ने क्याविनेट मिटिङमा डिष्ट्रिक्ट अन्तर्गतका करीव ८ सय लायन्स सदस्यहरुको सहभागिता रहेको छ ।

डिष्ट्रिक्ट ३२५ के नेपालको यस पटकको तेस्रो क्यविनेट मिटिङ ऐतिहासिक भएको डिष्ट्रिक्ट गभर्नर लायन राजेन्द्र कुमार बाटाजुले बताउनुभयो । दुई दिनसम्म सञ्चालन हुने क्याविनेट मिटिङमा पिडिजीहरु, क्याविनेटका सिनियर साथीहरु, क्लवका अध्यक्ष र पदाधिकारी गरी करिब ८ सय लायन्स प्रतिनिधीहरुकाे सहभागीता रहेको छ।

प्रत्येक तिन/तिन महिनाको अन्तरालमा बर्षभरी हुने चारवटा क्याविनेट बैंठक मध्ये बागलुङमा आयोजना भएको यो तेस्रो बैंठक विजनेश बैंठकको रुपमा रहेको छ । बैठकमा अन्तराष्ट्रिय स्तरमा लैजाने एजेण्डाका विषयमा पनि छलफल जारि रहेको प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर सुचित्रा थापाले बताउनुभयो ।

लायन्स अन्तराष्ट्रियका आईडी ईन्डोर्सी लायन बालकृष्ण बुर्लाकोटीको प्रमुख आथित्यतामा आजको समुद्घाटन कार्यक्रम शुरु भएको हो । कार्यक्रमको दोस्रो शत्र भोली शनिवार पनि जारी रहने छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया