श्रावण ३, २०८२ शनिबार July 19, 2025

युक्रेनी राष्ट्रपति र युरोपेली सङ्घका अध्यक्षबीच भेटवार्ता

रुसी आक्रमणबाट तहसनहस भएको युक्रेनलाई युरोपेली सङ्घको सहयोग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः युक्रेनका राष्ट्रपति र युरोपेली सङ्घका अध्यक्ष उर्सुला भोन डेन लियोनबीच भेटवार्ता भएको छ ।

त्यस क्रममा युक्रेनलाई सङ्घले उपलव्ध गराउने  सहयोगका विषयमा कुराकानी भएको बताइएको छ । युक्रेनी राष्ट्रपतिले आफ्नो देशलाई निरन्तर सहयोग गरेकामा सङ्घको सराहना गर्नुभयो ।

उहाँले सङ्घका अध्यक्ष युक्रेनको वस्तुस्थिति बुझ्न किएभ आउनु आफ्नो मुलुकका लागि महत्वपूर्ण भएको उहाँको प्रेस सेवाले जनाएको छ ।

सङ्घका अध्यक्षले सङ्घको सदस्यका लागि सन् २०२२ मा नै छानिएको विषयमा पनि जानकारी दिनुभएको थियो ।

रुसी आक्रमणबाट तहसनहस भएको युक्रेनलाई विश्व विभिन्न देशले सहयोग गर्दै आएका छन् । सङ्घले पनि लामो समयदेखि किएभलाई आर्थिक एवम् प्राविधिक सहायता प्रदान गर्दै आएको छ ।

यसअघि गत बुधबार मात्र अष्ट्रियाका राष्ट्रपति अलेक्जेन्डर वान डेर बेलेनसँग युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलिन्स्किले भेटवार्ता गर्नुभएको थियो । रासस/सिन्हा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेस प्रदेशको चार सय ४२ हेक्टर वन अतिक्रमण मुक्त
२०८२ श्रावण ३, शनिबार
नेसपा (नयाँ शक्ति)ले पाँच महिने प्रशंसा अभियान चलाउने
२०८२ श्रावण ३, शनिबार
अमेरिकाद्वारा डब्लुएचओको नयाँ ‘महामारी नियम’ अस्वीकार
२०८२ श्रावण ३, शनिबार
बजेट निर्माणमा जनसङ्ख्या र भूगोलको सन्तुलन मिलाइएको छः उपप्रधानमन्त्री प्रकाशमान सिंह (अन्तवार्ता)
२०८२ श्रावण ३, शनिबार
चालु आवमा दैनिक २.५५ किलोमिटर सडक निर्माण : प्रधानमन्त्री
२०८२ श्रावण ३, शनिबार
काभ्रेपलाञ्चोकमा बस दुर्घटना, २३ यात्रु घाइते (सूचीसहित)
२०८२ श्रावण ३, शनिबार
एमाले पोलिटब्युरो बैठक ललितपुरमा सुरु
२०८२ श्रावण ३, शनिबार