वैशाख ८, २०८१ शनिबार April 20, 2024

‘हवाई उडान र उद्योग दुवै सुरक्षित’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः वायुसेवा सञ्चालक संघले नेपालको हवाई उडान र उद्योग दुवै सुरक्षित रहेको दाबी गरेको छ । शुक्रबार वायुसेवा सञ्चालक संघले राजधानीमा आयोजना गरेको ‘हवाई सुरक्षासम्बन्धी अन्तत्र्रिmया कार्यक्रममा सहभागी वायुसेवा सञ्चालकले यस्तो दाबी गरेका हुन्् । उनीहरूले नेपालको हवाई उडान र उद्योग दुवै सुरक्षित रहेको बताए ।

संघले हवाई दुर्घटना एउटा मात्रै कारण नभएर धेरै कारणले हुने बताएको छ । संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले नेपालको हवाई उडान र उद्योग धेरै सुरक्षित रहेको बताए । उनले धेरै राम्रो हवाई सुरक्षा भएको देशहरूमा पनि विभिन्न कारण हवाई दुर्घटना हुने गरेको बताए ।

हवाई दुर्घटनालाई सामान्य लिन नहुने भन्दै उनले दुर्घटनाबाट पाठ सिकेर थप हवाई उडानलाई सुरक्षित बनाउन आवश्यक रहेको धारणा राखे । यसैगरी, संघका अध्यक्ष थापाले हवाई दुर्घटना जहाज मेसिन, मौसम, प्राविधिक पक्ष, व्यवस्थापन, नियमन र मानवीय गल्तीलगायतको कुनै पनि कारण हुन सक्ने बताए ।

हाल नेपालको हवाई उडान उद्योग असुरक्षित नभएको जिकिर गर्दै उनले हवाई उडान सुरक्षित रहेको सन्देश सञ्चारमाध्यमले पु¥याउन आवश्यक रहेको बताए । अध्यक्ष थापाले नेपालमा हवाई दुर्घटना हुन नदिनका लागि नियमन निकायले थप सुरक्षित अवधारणा ल्याउन जरुरी रहेको बताए । उनले नेपालको हवाई उद्योग मुलुकको अर्थतन्त्रको धरोहर भएको भन्दै हवाई उद्योगले पर्यटन उद्योगलाई ठूलो टेवा पु¥याएको दाबी गरे ।

यसैगरी, उनले विमान काठमाडौं बाहिरका विमानस्थलमा पार्किङका लागि लैजानुपर्ने विषयमा नेपाल नागरिक उडड्यन प्राधिकरणले बाहिरका विमानस्थलमा प्राप्त हवाई पूर्वाधार उपलब्ध गराउनुपर्ने बताए ।

वायु सेवा कम्पनी नेपालका सबै क्षेत्रमा हवाई सेवा पु¥याउन तयार रहेको भन्दै उनले सरकारले त्यहीअनुसार हवाई पूर्वाधार बनाउन आवश्यक रहेको दाबी गरे । उनले हरेक विमानस्थलमा प्राधिकरणले प्राप्त हवाई पूर्वाधारहरू उपलब्ध गराएमा काठमाडौंभन्दा बाहिरका विमानस्थलमा हवाई कम्पनीका जहाज जान तयार रहेको बताए । उनले थापाले काठमाडौं विमानस्थलमा विमान पार्किङको लागि सानो ठाउँ रहेको तर काठमाडौं बाहिरका विमानस्थलमा पार्किङकका लागि प्राप्त पूर्वाधार नभएकोमा चिन्ता व्यक्त गरे ।

संघका महासचिव मनोज कार्कीले नागरिक उड्डयन प्राधिकरणले हवाई उडानका लागि ल्याएका नयाँ व्यवस्था वायुसेवा सञ्चालकसमेतको सहकार्यमा ल्याएको बताए । उनले प्राधिकरणले ल्याएको नयाँ नियमले हवाई उडानलाई थप सुरक्षित र भरपर्दो बनाउन मद्दत पुग्ने बताए । उनले प्राधिकरणले विगतमा भएको हवाई उडान मापदण्ड असुरक्षित भएर नयाँ नियम ल्याएको भने नभएको स्पष्ट पारे । उनले प्राधिकरणको नयाँ नियम सञ्चालक संघले तत्काल पालना गर्न तयार रहेको बताए ।

यसैगरी, नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक श्यामकिशोर साहले नेपालको हवाई उडान सुरक्षित बनाउन हवाई ट्राफिक कन्टोलरलाई थप तालिमको आवश्यकता रहेको बताए । उनले प्राधिकरणले ट्राफिक कन्ट्रोलरलाई दिने तालिम कमी भएको भन्दै तालिम बढाउन आवश्यक रहेको बताए । उनले हवाई उडानको सुरक्षित बनाउनका लागि नियमन, तालिम र टेक्नोलोजी राम्रो आवश्यक रहेको बताए । उनले नेपालको हवाई उडानमा राम्रो टेक्नोलोजी प्रयोग नियमन राम्रो रहेको बताए ।

उनले नेपालमा नम्बरका आधारमा विमानस्थल बढाए पनि हवाई ट्राफिक कन्ट्रोलमा जनशक्तिको अभाव रहेको बताए । विमानस्थल बढेसँगै हवाई ट्राफिक कन्ट्रोल पनि बढेको बताउँदै उनले काम गर्ने जनशक्तिको अभाव भइरहेको गुनासो गरे । राजधानी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गण्डकीमा मनाङेलाई भौतिक पूर्वाधार र चुमानलाई अर्थ मन्त्रालयको जिम्मेवारी
२०८१ वैशाख ८, शनिबार
प्रदेश सरकारले खेलकुद क्षेत्रमा बजेट बढाउँछ : मुख्यमन्त्री सोडारी
२०८१ वैशाख ८, शनिबार
झुलाघाट नाका आजदेखि पुनः सञ्चालनमा
२०८१ वैशाख ८, शनिबार
पार्टीलाई सिद्ध्याउने षडयन्त्र भइरहेको छः रवि लामिछाने
२०८१ वैशाख ८, शनिबार
राजनीतिक परिवर्तनको औचित्य पुष्टि हुनेगरी काम गर्नुपर्छ: परराष्ट्रमन्त्री श्रेष्ठ
२०८१ वैशाख ८, शनिबार
कैलालीका ७ नदीमा तटबन्ध निर्माण सुरु
२०८१ वैशाख ८, शनिबार
काठमाण्डौंका यी स्थानमा आज ९ घन्टा विद्युत अवरुद्ध हुने
२०८१ वैशाख ८, शनिबार