चैत्र १५, २०८० बिहिबार March 28, 2024

विदेश पलायन रोक्न तीन महिने लिग

पछिल्ला केही महिनायता मात्रै तीन दर्जनभन्दा बढी खेलाडी विदेश लागिसके

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः स्थापित फुटबलरहरू विदेश पलायनको लर्को छ । एकपछि अर्का फुटबल खेलाडीहरूले सुरक्षित भविष्यको आसमा देश छाडिरहेका छन् । पछिल्ला केही महिनायता मात्रै तीन दर्जनभन्दा बढी खेलाडी विदेश लागिसकेका छन् । ‘ए’ डिजिभन क्लबहरूलाई राम्रा खेलाडीको खडेरी परिसकेको छ ।

विदेश लागेका खेलाडीमध्ये धेरैको गन्तव्य अस्ट्रेलिया छ । सदाबहार मिडफिल्डर विशाल राई पछिल्ला खेलाडी रहे, जसले विदेशमै भविष्य देखे । शुक्रबार उनी पनि अस्ट्रेलिया लागे । विशालको यात्राले नेपाली फुटबलमा अर्को सन्नाटा ल्याइदिएको छ । ए डिभिजन लिग हुन लागेको अवस्था र मछिन्द्र क्लबसँग सम्झौता गरे पनि उनले प्रवासको बाटो रोजे । तर, उनले विगतको अवस्था मनन गर्दै सम्भवतः पत्याउने ठाउँ देखेनन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) र क्लबहरूको खिचातानी तथा क्लबले पारिश्रमिकमा अल्झाउने समस्याले उनलाई पनि पोलेको हुनुपर्छ ।

सहिद स्मारक ‘ए’ डिभिजन लिग फागुन १९ मा सुरु हुँदै छ । अर्थात नेपाली फुटबलको मेरुदण्ड मानिएको लिग सुरु हुन एक महिनामात्र बाँकी छ । एन्फाका महासचिव किरण राईले लिगको तयारी द्रुत गतिमा अगाडि बढेको र महिना दिन बाँकीको समयलाई काउन्टडाउनमा लिएको बताए । उनले स्थापित खेलाडी पलायनको शृंखला दुःखद पक्ष भएको सुनाए ।

महासचिव राई खेलाडीलाई विदेशी पलायनबाट रोक्न एन्फाले केही कार्यक्रम ल्याइरहेको बताउँदै थिए । पहिलो योजना सहिद स्मारक लिग नै भयो ।

नियमित हुन नसकेको सहिद स्मारक लिगलाई ६ महिना लामो लिग बनाउने र नेपाल सुपर लिग (एनएसएल) ३ महिना चलाउने । राईका अनुसार यस्तो भएमा ९ महिना फुटबल चल्नेछ । खेलाडी व्यस्त भएर मासिक तलब बुझ्नेछन् । उनले यस्तो भनिरहँदा एक महिनापछि हुने भनिएको लिग तीन महिनाभित्र सम्पन्न हुने तालिका बनाइएको छ । कान्तिपुर

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
समृद्धिका लागि जनप्रतिनिधि र कर्मचारीको समन्वय अपरिहार्य : सञ्चारमन्त्री शर्मा
२०८० चैत्र १५, बिहिबार
दाङमा अटो दुर्घटना हुँदा ३ जना घाइते
२०८० चैत्र १५, बिहिबार
कांग्रेसमा खुसी ल्याउन आवश्यक छः महामन्त्री थापा
२०८० चैत्र १५, बिहिबार
बेलायतसँग थप समन्वय र सहकार्यको अपेक्षा छ : गृहमन्त्री लामिछाने
२०८० चैत्र १५, बिहिबार
रूसी सेनाको विमान क्रिमियाली क्षेत्रमा दुर्घटनाग्रस्त
२०८० चैत्र १५, बिहिबार
एमाले उदयपुरको अध्यक्षमा भागवत राउत निर्वाचित
२०८० चैत्र १५, बिहिबार
गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिता : सुष्मा र अस्मिता सेमिफाइनलमा
२०८० चैत्र १५, बिहिबार