वैशाख १३, २०८१ बिहिबार April 25, 2024

मिटरब्याजमा पैसा लगाएर आर्थिक शोषण गर्ने एक जना पक्राउ

मिटर ब्याजको धन्दा गर्दै आर्थिक शोषण गर्ने दीलिप साह पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः मिटर ब्याजको धन्दा गर्दै आर्थिक शोषण गर्ने दीलिप साह पक्राउ परेका छन् । गरिब र सोझाहरुलाई मिटर ब्याजमा पैसा लगाउँदै आएका ४१ वर्षीय साहलाई धुनषा प्रहरीले पक्राउ गरेको हो ।

उनीविरुद्ध जिल्ला प्रशासन कार्यालय धनुषामा मिटर ब्याजबाट ठगी एवं शोषण गरेको उजुरी परेको थियो । उजुरीपछि उनलाई जनकपुरधाम उप-महानगरपालिका वडा नम्बर १ मा रहेको आफ्नै घरबाट पक्राउ गरेको हो ।

प्रहरीले साहको साथबाट पुरानो पेस्तोल, गोली र तमसुकहरु पनि बरामद गरेको छ । उनको घर र पसलमा खानतलासी गर्दा पेस्तोसहित विभिन्न तमसुक फेला परेका हुन् । साहमाथि थप हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया