वैशाख ७, २०८१ शुक्रबार April 19, 2024

विचौलियालाई कारबाही गर्न ज्ञानेन्द्र शाहीको माग

विचौलियाका कारण किसान र उपभोक्ता मारमा परेका भन्दै कारबाही गर्न माग गरे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राप्रपा सांसद ज्ञानेन्द्रबहादुर शाहीले विचौलियालाई पक्राउ गरेर कारबाही गर्न माग गरेका छन् ।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले विचौलियाका कारण किसान र उपभोक्ता मारमा परेका भन्दै कारबाही गर्न माग गरेका हुन् ।

६०० प्रतिशतभन्दा बढी नाफा लिएर विचौलियाको काम गर्नलाई तत्काल पक्राउ गरेर कारबाही गर्न कृषिमन्त्रीसँग उनले आग्रह गरे ।

बैंकले बढाएको अस्वाभाविक ब्याजका कारण साना व्यवसायी आत्महत्याको बाटो रोज्न थालेको भन्दै उनले यसतर्फ सरकारले हस्तक्षेपकारी नीति लिनुपर्ने बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया