चैत्र १९, २०७९ आइतबार April 2, 2023

मधेश प्रदेशका स्वतन्त्र सांसद शारदा कलवार जसपामा प्रवेश

जसपा नेपालबाट बागी उम्मेदवार बनेका कलवार आइतबार आफ्नै पार्टीमा फर्किए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः मधेश प्रदेशबाट निर्वाचित स्वतन्त्र सांसद शारदा शङ्करप्रसाद कलवार जनता समाजवादी पार्टी (जसपा) नेपाल प्रवेश गर्नुभएको छ।

बारा निर्वाचन क्षेत्र नम्बर २ (क) बाट निर्वाचित कलवार जसपा प्रवेश गर्नुभएको हो। उहाँले नेकपा (एमाले)का उम्मेदवार बलवीर चौधरी र माओवादीका उम्मेदवार मोतीलाल कुश्वाहालाई पराजित गर्नुभएको थियो।

जसपा नेपालबाट बागी उम्मेदवार बनेका कलवार आइतबार आफ्नै पार्टीमा फर्किनुभएको हो। मधेश प्रदेशका अर्थ तथा योजना मन्त्री सञ्जयकुमार यादव, मधेश प्रदेशका अध्यक्ष रामबाबुकुमार यादवले उहाँलाई पार्टी प्रवेश गराउनुभएको हो।

यससँगै मधेश प्रदेशमा जसपाको सांसद सङ्ख्या १९ पुगेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया