वैशाख १३, २०८१ बिहिबार April 25, 2024

रविले निस्फिक्री बोले : गोकुल बास्कोटा

रविको अभिव्यक्तिको प्रतिरक्षा र जबाफदेहिता अरूको काम

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः एमाले नेता तथा सांसद गोकुल बास्कोटाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले हिजो दिएको अभिव्यक्तिप्रति समर्थन जनाएका छन् । रविले निस्फिक्री बोलेको टिप्पणी उनको छ ।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै बास्कोटाले सो टिप्पणी गरेका हुन् । रविको अभिव्यक्तिको प्रतिरक्षा र जबाफदेहिता अरूको काम भएको उनले बताएका छन् । ‘प्रश्न उठेपछि दागा धर्नुभन्दा जवाफ दिनु राम्रो हो,’ बास्कोटाले भनेका छन् ।

हिजोको पत्रकार सम्मेलनमा रविले नेता बास्कोटाको नाम लिएका थिए । नेपाली मिडियाको गलत रवैया विरुद्ध बोल्न सक्ने एक मात्र नेताका रूपमा उनलाई चित्रण गरेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया