काठमाडौंः कर्मचारी कटौतिको अर्को चरण अन्तरगत ट्वीटरले थप २ सय कर्मचारीलाई जागिरबाट निकालेको छ । यो भनेको ट्वीटरमा हाल कार्यरत करिब २ हजार कर्मचारीको १० प्रतिशत हो । गत अक्टोबरमा एलन मस्कले खरिद गर्नुअघि करिब साढे ७ हजार कर्मचारी रहेको ट्वीटरमा मस्कले अहिलेसम्म ५० प्रतिशत कर्मचारीको जागिर खोसिसकेका छन् ।
पछिल्लोपटक २ सय कर्मचारी कटौति गरेसँगै मस्कले ट्वीट गर्दै भनेका छन्, ‘आशा छ तपाईँको शुक्रबार राम्रो रह्यो होला । तपाईँको बाँकी जीवनको पहिलो दिन ।’त्यस्तै ट्वीटरको ब्लू भेरिफिकेसन सब्सक्रिप्सन मोडेल हेर्ने ट्वीटर पेमेन्ट्सकी प्रमुख कार्यकारी इस्थर क्राफोर्डले आफूलाई आफ्नो टीमप्रति गहिरो गौरवानुभूति रहेको बताएकी छिन् ।
ट्वीटरको खरिद गरेको न्युजलेटर टूल रिभ्युका संस्थापक समेत रहेका वरिष्ठ प्रडक्ट म्यानेजर मार्टिज्न डी कुइज्परले एक ट्वीट गर्दै आफ्नो कार्यालयको इमेल लक भएसँगै आफूले जागिर गुमेको पत्तो पाएको बताएका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया