मंसिर २२, २०८० शुक्रबार December 8, 2023

प्रधानमन्त्रीसमक्ष निजीक्षेत्रको हारगुहार : ‘संकट थेग्नै मुश्किल पर्‍यो’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष निजीक्षेत्रले अर्थतन्त्रको अवस्था दयनीय बन्दै जाँदा थेग्नै मुश्किल परेको भन्दै तत्काल पहलकदमी लिन माग गरेको छ ।

प्रधानमन्त्री दाहालले आइतवार बोलाएको बैठकमा निजीक्षेत्रका अगुवाहरूले बजारमा वस्तुको माग नभएको, माग नहुँदा बैंकको ऋण र ब्याजको चक्र बिग्रिएको, आन्तरिक र बाह्य कारण अर्थतन्त्रमा परेको असरले निजीक्षेत्र झन्पछि झन् प्रताडित बन्दै गएको गुनासो गरे । उनीहरूले समस्या समाधानको पहल गर्न पनि माग गरे ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले निजीक्षेत्रका तर्फबाट प्रधानमन्त्रीलाई बैंक कर्जाको साँवाब्याजको किस्ता तिर्न सक्ने अवस्था नभएको भन्दै उच्च ब्याजदरको कारण तरलतामा देखिएका प्रमुख समस्या सरकारले समाधान गर्नुपर्ने बताए । विगतमा बैंकहरूले व्यवसायीको घरघरमा गएर ऋण दिएकाले अहिले समस्या आएको गोल्छाले बताए ।

उनले बैंकहरूले ऋण दिएको समय र अहिलेको आर्थिक परिदृश्य फरक भइसकेको भन्दै ऋणीले कर्जा तिर्न नसक्ने अवस्था रहेको जिकीर गरे । पछिल्लो समय देखिएको अर्थतन्त्रको समस्या तत्काल सम्बोधन नगरे आगामी दिनमा देशमा ठूलो दुर्घटना निम्तिने पनि उनले बताए । चालू आर्थिक वर्षमा बैंकहरूमा खराब कर्जा ६ प्रतिशतसम्म पुग्ने उनको दाबी थियो ।

अध्यक्ष गोल्छाका अनुसार बैंकको ब्याजदर नघटेसम्म बजारमा माग बढ्दैन र माग नबढेसम्म बजार चलायमान हुन सक्दैन । लघुवित्तमा भएको पछिल्लो आक्रमणमा निजीक्षेत्रको कुनै संलग्नता नरहेको उनको दाबी थियो ।

बैठकमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले जटिल अवस्थामा विषयगत जानकारी तथा जनभावना बुझेका सांसदलाई अर्थमन्त्री बनाउन सुझाव दिए । उनका अनुसार अर्थतन्त्रमा एउटामात्र नभएर धेरै समस्या रहेको र प्राविधिक रूपमै समाधान खोज्नुपर्ने अवस्था आएकाले उपलब्धमध्येबाट सम्भव भएसम्म अर्थतन्त्रबारे जानकारी राख्ने, निजीक्षेत्र, उद्यम व्यवसायबारे चासो भएकालाई अर्थमन्त्री नियुक्त गर्नुपर्छ ।आर्थिक अभियान दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई सहमतिमा नै टुङ्गोमा पुर्‍याउनुपर्छ : सभामुख
२०८० मंसिर २२, शुक्रबार
दुई किलो अवैध सुनसहित ३ जना नागढुङ्गा नाकाबाट पक्राउ
२०८० मंसिर २२, शुक्रबार
मनाङमा जलवायु परिवर्तनको असर, हराए हिमालका हिउँ र ताल
२०८० मंसिर २२, शुक्रबार
धनकुटामा जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु
२०८० मंसिर २२, शुक्रबार
विभिन्न हातहतियारसहित ७ जना पक्राउ
२०८० मंसिर २२, शुक्रबार
स्वास्थ्य क्षेत्रको रणनीति कार्यान्वयन गर्न सबैको सहयोग आवश्यक : मन्त्री बस्नेत
२०८० मंसिर २२, शुक्रबार
सरकार आर्थिक समृद्धिका लागि अघि बढिरहेको छ : प्रधानमन्त्री
२०८० मंसिर २२, शुक्रबार