काठमाडौंः होली पर्व मनाउन सुरु भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ। आज बिहानैदेखि प्रहरीले चेकजाँचमा कडाइ गरेको हो।
होली पर्वका अवसरमा मानिसले उच्छृंखल गतिविधि गर्ने, लोला हान्ने, मादकपदार्थ सेवन गरी सवारीसाधन चलाउने लगायत गतिविधि हुने भएकाले चेकजाँचमा कडाइ गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
काठमाडौंका थापाथली, त्रिपुरेश्वर, न्युरोड, कान्तिपथ, दरबारमार्ग, भद्रकाली र बग्गीखाना लगायत स्थानमा ट्राफिक प्रहरीले चेकजाँच गरिरहेको छ। नेपाल प्रहरीले सतर्कताका साथ होली खेल्न आग्रह गरेको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया