श्रावण ४, २०८२ आइतबार July 20, 2025

यसरी थाहा पाउनुहोस् आईफोनको ब्याट्री हेल्थ ?

एप्पल प्रयोगकर्ताले फोन खरिद गर्दा चार्जर पनि छुट्टै खरिद गर्नुपर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः आईफोनको ब्याट्रीको कुरा आउने बित्तिकै मानिसले सोध्ने पहिलो प्रश्न हो ‘फोनको ब्याट्री हेल्थ कस्ताे छ नि ?’ आईफोनमा ब्याट्रीको समस्यालाई लिएर बजारमा विभिन्न प्रकारका चर्चा हुने गर्छन् । यदि तपाईँ आईफोन प्रयोगकर्ता हुनुहुन्छ अथवा नयाँ आईफोन खरिद गर्ने सोचमा हुनुहुन्छ भने यो लेख तपाईँका लागि उपयोगी हुनसक्छ ।

एप्पलले प्रमाणित गरेको चार्जर मात्र प्रयोग गर्नुहोस्

पछिल्ला केही वर्षहरूमा एप्पलले नयाँ फोनमा चार्जर दिन छोडेको छ । यसको अर्थ हो एप्पल प्रयोगकर्ताले फोन खरिद गर्दा चार्जर पनि छुट्टै खरिद गर्नुपर्ने हुन्छ । यसकारण, धेरै प्रयोगकर्ताहरूले आफ्नो फोन चार्ज गर्न बजारमा उपलब्ध कुनै पनि प्रकारका चार्जर प्रयोग गर्ने गरेका छन् । अथवा एउटा केबल खरिद गरेर अन्य कुनै एडप्टर प्रयोग गरेर पनि चार्ज गर्ने चलन छ ।

धेरैजसो अवस्थामा, अन्य ब्रान्डका चार्जर एप्पलको तुलनामा सस्तो हुनसक्छ । तर तपाईको ब्याट्री हेल्थको लागि, एप्पलले प्रमाणित गरेको चार्जरहरू प्रयोग गर्नु नै उपयुक्त हुन्छ । यसका साथै तपाईँले फास्ट चार्जरको प्रयोग नगर्नु पनि उपयु्क्त हुन्छ

सामान्यतया फास्ट चार्जर प्रयोग गर्दा फोन तात्ने समस्या हुन्छ । यसले फोनको ब्याट्रीमा असर गर्छ । यसले गर्दा फोनलाई सामान्य चार्जिङ सपोर्ट गर्ने चार्जरबाट नै चार्ज गर्नु उपयुक्त हुन्छ ।

फोनलाई रातभर चार्जिङमा छोड्न म्यागसेफ वायरलेस चार्जर प्रयोग गर्नुहोस् 

धेरैजसो स्मार्टफोन प्रयोगकर्ताको फोनलाई राती चार्जमा राखेर सुत्ने बानी हुन्छ । यसले गर्दा, मानिसहरूलाई राती फोनलाई चार्जमा नराख्नुस् भन्ने सल्लाहले खासै काम गर्दैन । यसको लागि प्रविधिले नै काम गर्नुपर्ने स्थिति हुन्छ ।

यदि तपाईँको पनि राती फोन चार्जमा राखेर सुत्ने बानी छ भने एप्पलको म्यागसेफ वायरलेस चार्जर प्रयोग गर्न सक्नुहुन्छ । वायरलेस चार्जरले सामान्यतया वायर्ड चार्जरले भन्दा सुस्त काम गर्छ । यसले ब्याट्री तात्ने समस्या हुँदैन ।

साथै यसले तारको कोएल प्रयोग गरेर इलेक्ट्रोम्याग्नेटिक उत्पन्न गर्छ, जसले सुरक्षित रुपमा फोन चार्ज गर्न मद्दत गर्छ । यसैले वायरलेस चार्जरबाट फोन चार्ज गर्नु पनि उपयुक्त हुन्छ ।

ब्याट्रीको प्रतिशत सधैं २० देखि ८० को बीचमा राख्नुहोस् 

तपाईँको आईफोनको ब्याट्री हेल्थ लामो समयसम्म १०० प्रतिशत नै राख्नको लागि सबैभन्दा ध्यान दिनुपर्ने कुरा हो ब्याट्रीको लेभल । अर्थात् फोनमा कति प्रतिशतभन्दा कम ब्याट्री हुन नदिने अथवा कति प्रतिशतसम्म ब्याट्री चार्ज गर्दा पनि हुन्छ भन्ने विषयलाई ध्यान दिन जरुरी छ ।

स्मार्टफोनले लिथियम ब्याट्री प्रयोग गर्छ, जसमा सीमित संख्यामा चार्जिङ साइकल हुन्छ। चार्जिङ साइकल भनेको एकपटक चार्ज गरेर चार्जरबाट फोन निकाल्दाको समय भनेर बुझिन्छ । यो जति धेरै हुन्छ, त्यति नै चार्जिङ साइकल घट्दै जान्छ र तपाईंको ब्याट्रीको हेल्थ पनि कम हुँदै जान्छ ।\

त्यसैले तपाईँको ब्याट्रीको चार्जिङ साइकल प्रयोग गर्नबाट बच्न तपाईको ब्याट्रीलाई सधैं २० देखि ८० प्रतिशतको बीचमा राख्न उपयुक्त हुन्छ ।

फोनलाई अत्यधिक तापक्रमबाट जोगाउनुहोस् 

तपाईँको स्मार्टफोनलाई अत्यधिक तापक्रममा राख्नु अथवा धेरै तातो हुने समयसम्म फोन प्रयोग गर्नु नराम्रो बानी हो । किनभने लिथियम ब्याट्रीमा प्रयोग हुने रसायनले तापक्रमका कारण गलत प्रतिक्रिया दिन्छ ।

आफ्नो स्मार्टफोनलाई प्रत्यक्ष घाममा पर्ने गरी प्रयोग गर्दा वा राख्दा, आफ्नो कारको ड्यासबोर्डमा राख्दा वा कुनै पनि प्रकारको तातोले ब्याट्रीको स्वास्थ्यलाई असर गर्नसक्छ । जब गर्मीका कारण ब्याट्री घट्न थाल्छ, यसले तपाईँको फोनको ब्याट्रीको लाइफ साइकल स्वत: कम गर्न थाल्छ।

अप्टिमाइज्ड ब्याट्री चार्जिङ फिचर एक्टिभेट गर्नुहोस् 

यो फिचरको विषयमा धेरै आईफोन प्रयोगकर्तालाई थाहा नहुनसक्छ । यो फिचर मुख्यत: ती व्यक्तिहरूका लागि हो, जाेसँग वायरलेस चार्जर छैन, तर आफ्नो फोन रातभर चार्ज गर्ने बानी भने छ । आईओएसमा ‘अप्टिमाइज्ड ब्याट्री चार्जिङ’ नामक फिचर छ, जसले तपाईँलाई सुत्दा तपाईँको ब्याट्री व्यवस्थापन गर्न मद्दत गर्छ ।

यो फिचरले तपाईँको ब्याट्री चार्ज गर्ने तरिका व्यवस्थापन गर्न तपाईँले तपाईँको फोनलाई प्रयोग गर्ने र चार्ज गर्ने बानीलाई निगरानी गर्छ र सोही अनुरुप फोनको व्यवस्थापन गर्छ । यो फिचर एक्टिभेट गरेर फोन चार्ज गर्दा ८० प्रतिशत ब्याट्रीको लेभल पुगेपछि यसले चार्जिङलाई स्वत: रोक्छ ।

अन्य अवस्थामा भने तपाईँले आफ्नो फोनलाई १०० प्रतिशतभन्दा अगाडि अनप्लग गर्नुभयो भने यो फिचरले तपाईँलाई १०० प्रतिशत नपुग्दासम्म चार्ज जारी राख्न आग्रह गर्दछ । यसले तपाईँको ब्याट्रीलाई सुरक्षित रहन मद्दत गर्छ । यसका लागि सेटिङमा गएर ब्याट्री अप्सनमा क्लिक गर्नुहोस् ।

यसपछि ब्याट्री हेल्थ एन्ड चार्जिङ अप्सनमा क्लिक गरेर अप्टिमाइज्ड ब्याट्री चार्जिङ अप्सनलाई एक्टिभेट गर्नुहोस् । -टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार