श्रावण ४, २०८२ आइतबार July 20, 2025

१६ हजार मूल्य पर्ने सामसङ ग्यालेक्सी एम ०४ सार्वजनिक

भर्चुअल र्‍याम (र्‍याम प्लस) मार्फत ८ जीबीसम्म र्‍याम​ बढाउन मिल्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली बजारमा सामसङको सस्तो फोन सार्वजनिक भएको छ । कम्पनीले ग्यालेक्सी एम ०४ नेपाली उपभोक्ताका लागि भित्र्याएको हो ।

अनलाइन शपिङ साइट दराजबाट यो फोनको प्रि-अर्डर गर्न सकिन्छ । ६.५ इन्चको डिस्प्ले रहेको ग्यालेक्सी एम०४ मा ४ जीबी र्‍याम रहेकाे छ । प्रयाेगकर्ताले भर्चुअल र्‍याम (र्‍याम प्लस) मार्फत ८ जीबीसम्म र्‍याम​ बढाउन सक्नेछन् ।

यसैगरी फाेनमा १ टीबीसम्म स्टोरेज विस्तार गर्न सकिने सुविधा छ । मिडिया टेक हेलियो पी३५ प्रोसेसर रहेकाे फाेनमार्फत प्रयोगकर्ताले परिष्कृत कार्यसम्पादन, सहज मल्टिटास्किङ, सजिलो एप नेभिगेसन र निर्वाध गेमिङ अनुभव गर्नेसक्ने कम्पनीको दाबी छ ।

यो फोनमा ५००० एमएएच ब्याट्री दिइएको छ ।

हरियो र निलोेमा रङमा उपलब्ध फोनको मूल्य ४+६४ जीबी भेरियन्टकाे १५ हजार ९९९ रुपैयाँ र ४+१२८ जीबी भेरियन्टको १६ हजार ९९९ रुपैयाँ तोकिएको छ ।टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार