श्रावण ४, २०८२ आइतबार July 20, 2025

वर्ल्डलिंकको अप्टिकल फाइबर जुम्ला पुग्यो

ग्रामीण भेगहरूलाई समेत जोड्ने गरी देशभर इन्टरनेट सेवा विस्तार गर्ने वर्ल्डलिंकको योजनालाई बल पुर्‍याउन लगानी गरिएको बीआईआईको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः  इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्सले कर्णाली प्रदेशको जुम्लामा एफटीटीएच अप्टिकल फाइबरमार्फत उच्च गतिको इन्टरनेट सेवा विस्तार गरेको छ । बुधबार जुम्लाको खलंगामा कार्यक्रम आयोजना गरी इन्टरनेट सेवा विस्तार भएको जानकारी दिइएको हो ।

‘जुम्लामा हामीले सुरुमा वायरलेसबाट इन्टरनेट सेवा ल्याएका थियौं अब फाइबर जोडेका छौं,’ वर्ल्डलिङ्कका संस्थापक एवम् प्रबन्ध निर्देशक दिलिप अग्रवालले भने, ‘फाइबर जोड्न धेरै ठूलो लगानी चाहिन्छ । त्यो लगानी गर्न हामीलाई ब्रिटिस इन्टरनेसनल इन्भेस्टमेन्ट (बीआईआई) जस्ता संस्थाले सघाएका छन् ।’ उनका अनुसार १५ करोड रुपैयाँ लगानीमा सुर्खेत हुँदै जुम्लासम्मको २३५ किलोमिटरमा २४ कोरको अप्टिकल फाइबर बिछ्याइएको छ । असारबाट सुरु भएको काम हालै सम्पन्न भई औपचारिक रूपमा सेवा सञ्चालनमा आएको उनले बताए ।

फाइल तश्वीर

अग्रवालले फाइबर बिछ्याउने काम जुम्लामा सीमित नराखी समग्र कर्णाली प्रदेशमा विस्तार गर्दै लैजाने पनि बताए । सन् २०१९ मा प्रत्यक्ष वैदेशिक लगानीका रूपमा वर्ल्डलिंकले बेलायत सरकार मातहतको बीआईआईबाट १ सय ३५ करोडको इक्वीटी लगानी प्राप्त गरेको थियो । ग्रामीण भेगहरूलाई समेत जोड्ने गरी देशभर इन्टरनेट सेवा विस्तार गर्ने वर्ल्डलिंकको योजनालाई बल पुर्‍याउन लगानी गरिएको बीआईआईले जनाएको छ।

जुम्लाको कार्यक्रममा उपस्थित बीआईआईका एसिया प्रमुख एवम् प्रबन्ध निर्देशक स्रीनी नागराजनले नेपालमा इन्टरनेट सेवा प्रदायकहरू शहरबाहिर पनि जाउन् भनेर लगानी गरेको बताए । ‘बाहिर जाँदा लगानीको प्रतिफल प्राप्त हुन धेरै समय लाग्छ तर हामी पर्खिन तयार छौं,’ उनले भने, ‘हामीले दिएको पुँजी राम्रो काममा लागोस् भन्ने हो । अहिलेसम्मको प्रगति देखेर खुसी छौं ।’ हालसम्म नेपालमा १ सय २५ मिलियन डलर लगानी गरेको र आगामी दिनमा यसलाई दोब्बर बनाउन चाहेको उनको भनाइ थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार