श्रावण ४, २०८२ आइतबार July 20, 2025

आईफोन १५ प्रो सिरिजका फोन अहिलेसम्मकै महँगो हुने !

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः  सन् २०२३ मा सार्वजनिक हुने आईफोन १५ सिरिज अन्तर्गत प्राे माेडेलका फोनको मूल्य अहिलेसम्मकै धेरै महँगाे हुने भएको छ ।

प्रविधि विश्लेषक जेफ पुले म्याक र्‍युमर्समा सार्वजनिक गरेको रिपोर्टअनुसार अहिलेको बजार मूल्यभन्दा आईफोन १५ प्रो सिरिजका फाेनकाे मूल्य धेरै महँगो हुनेछ । सामान्य र प्रो मोडेलका फोनहरूमा भिन्नता ल्याउन हार्डवेयर र सफ्टवेयरमा धेरै कुरा परिमार्जन हुन लागेका कारण मूल्यवृद्धि गर्ने तयारी गरिएकाे उनले उल्लेख गरेका छन् ।

बाहिरिएकाे रिपाेर्टअनुसार प्रो सिरिजका फोनमा टाइटानियम फ्रेम हुनेछ । त्यस्तै नयाँ ए१७ बायोनिक चिपसेट र सोलिड स्टेट बटनहरू हुनेछन् । आईफोन १४ ले बजार तान्न नसकेपछि एप्पलले आउँदो सिरिजमा धेरै अपग्रेड गर्ने अपेक्षा गरिएको छ ।

सामान्यतः अहिले एप्पलको प्रो सिरिजिकाे मूल्य ९९९ अमेरिकी डलरबाट सुरू हुने गर्छ । यद्यपि देशअनुसार फोनको मूल्य तलमाथि हुने गर्छ । यसअघि सन् २०१७ मा एप्पलको प्रो सिरिज अन्तर्गत आईफोन एक्सको मूल्य बढ्ने हल्ला फैलिएपछि यसपटक पुन: मूल्यबारे आशङ्का हुन थालेकाे छ ।

तर यसबारे एप्पलले भने केही जानकारी खुलाएकाे छैन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार