श्रावण ४, २०८२ आइतबार July 20, 2025

नयाँ स्मार्टफोन किन्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्

३०० केदेखि ५०० केबिचको एनटुटु स्कोर भएको प्रोसेसर साधारण प्रयोगका लागि राम्रो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः आजभोलि प्राय सबैको हात हातमा स्मार्टफोन हुन्छ । स्मार्टफोन नहुने मान्छे सायदै भेटिन्छन् । धेरै काम मोबाइलबाटै हुन्छ । प्राय १ देखि २ वर्षमा नयाँ मोबाइल किनिरहेका हुन्छौं ।

पछिल्लो समय एन्ड्रोइड मोबाइलको बजार प्रतिस्पर्धी भएको छ । धेरै ब्राण्डहरू बजारमा उपलब्ध छन् । ती फोनहरूमा उस्तै उस्तै फिचरहरू छन् ।

यस्तो अवस्थामा नयाँ एन्ड्रोइड मोबाइल किन्नु परे निर्णय लिन दोधार हुन्छ । उस्तै उस्तै फिचर र मूल्यका कारण कुन किन्ने, कुन किन्ने हुन्छ ? । त्यसकारण यदि तपाई नयाँ मोबाइल किन्ने सोचमा हुनुहुन्छ के के कुरामा ध्यान दिने बारे आज हामी तपाईलाई जानकारी दिदैछौं ।

शक्तिशाली प्रोसेसर 

कुनै पनि स्मार्टफोनको सबैभन्दा महत्वपूर्ण पक्ष भनेकै त्यसको प्रोसेसर हो । यसलाई स्मर्टफोनको मस्तिष्कको रुपमा पनि बुझ्ने गरिन्छ । प्रोसेसरकै माथि गेमिङ, फोटोग्राफी, स्टोरेज, सञ्चार र वेब ब्राउजिङ भर पर्ने गरेको हुन्छ ।

त्यसकारण प्रोसेसर राम्रो भएमा फोनले वर्कलोड पनि राम्ररी धान्न सक्छ । प्रोसेसर राम्रो नभएमा फोनमा गर्न सकिने गतिविधिहरु पनि सिमित हुने गर्दछ ।

३०० केदेखि ५०० केबिचको एनटुटु स्कोर भएको प्रोसेसर साधारण प्रयोगका लागि राम्रो हुने गर्दछ तर त्यो भन्दा बढी चाहिएमा ७०० के वा बढिको एनटुटु स्कोर भएको हुनुपर्छ ।

६ जीबी र्‍याम

तपाईको फोनको प्रमुख स्टोरेज रोम भएता पनि फोनले सर्टटर्म मेमोरीका लागि र्याम प्रयोग गर्ने गर्छ । तपाईको फोनमा जति धेरै र्याम भयो त्यतिनै मल्टिटास्क गर्नका लागि सहज हुने गर्दछ ।

यसले गर्दा एप बन्द नगरी ब्याकग्राउण्डमा एपहरु चलाउन सकिन्छ । फोनमा कति र्याम हुन सक्छ भनेर परक पर्ने गर्छ । र्याम स्टोरेज २ जीबी देखि १२ जीबीसम्मका मोबाइल उपलब्ध छन् ।

तर सामान्यतया साधारण प्रयोगका लागि ६ जीबी र्‍याम भए पुग्छ । ६ जीबी र्‍याम भएको फोनमा तपाईले एकसाथ धेरै काम गर्न सक्नुहुन्छ ।

१२८ जीबी आन्तरिक स्टोरेज

हामी कतिपयले फिल्म, गेम, एप, डकुमेन्ट, फोटो, भिडियो र गीत डाउनलोड गर्ने गरेका छौँ । यो सबै फोनको स्टोरेजमा गएर सेभ हुने गर्दछ ।

योसँगै क्यामेराहरू राम्रो हुँदै गएकाले फोटो र भिडियोको फाइल साइज पनि पहिले भन्दा बढ्दो छ । त्यसकारण फोन किन्दा स्टोरेज क्षमता पनि ख्याल राख्नु पर्दछ ।

केही वर्ष अगाडिसम्म स्टयाण्डर्ड भनेकै ३२ जीबी रोम अर्थात स्टोरेज रहेको थियो तर अहिलेका फ्ल्यागशीपहरु एक टेराबाइटसम्म रहेका छन् । अहिले १२८ जीबी धेरै जस्तो फोनका लागि स्ट्याण्डर्ड बन्न गएको छ ।

तर २५६ जिबीसम्मको स्टोरेज भएको स्मार्टफोन छनोट गर्दा राम्रो हुन्छ । तपाईको फोनमा माइक्रोएसडी कार्ड स्लट भएमा झनै राम्रो हुन्छ । यसले स्टोरेज थप्न सकिन्छ ।

१२० हर्ज रिफ्रेस रेट डिस्प्ले

स्मार्टफोन उद्योगमा रिफ्रेस रेट प्रविधि एकदमै विकास भएर आएको छ । सबैजसो कन्टेन्ट स्क्रीनमै हेरिने हुँदा पक्कै पनि डिस्प्लेमा त स्मार्टफोन कम्पनीले काम गरेको कुनै आश्चर्यजनक विषय होइन् ।

तपाईले स्र्माटफोनमा लगानी गरे अनुसार डिस्प्लेमा फरक पर्न सक्छ तर कम्तिमा पनि १२० हर्जको डिस्प्ले भएकै स्मार्टफोनको छनोट गर्नुपर्ने हुन्छ । योसँगै एफएचडी रिजोलुसन, एएमओएलइडी कलर र कम्तिमा पनि ८५ स्क्रीन टू बडि अनुपात रहेको हुनुपर्छ ।

फास्ट चार्जिङसहितको ब्याट्री

५ हजार एमएएच भन्दा तलको ब्याट्री प्रतिस्पर्धात्मक हुँदैन् । सफ्टवेयर अप्टिमाइजेसनले पनि तपाईको ब्याट्री लाइफमा एकदमै धेरै प्रभाव पार्ने गर्दछ । फोनमा कम्तिमा पनि २५ वाटको फास्ट चार्जिङ पनि हुन आवश्यक छ ।

अप्टिमाइज्ड क्यामेरा प्रणाली

क्यामेरामा राम्रो सफ्टवेयर हुनु एकदमै महत्वपूर्ण पक्ष हुने गर्दछ किनभने यसैलेनै फोटोको गुणस्तरीयतामा प्रभाव पार्ने गर्दछ । सफ्टवेयरकै प्रभावले अध्याँरोमा कुनैले राम्रो फोटो खिच्दा पनि भिडियो राम्रो नखिच्न सक्छ ।

फोन खरिद गर्दा एपर्चर र सेन्सर साइजलाई एकदमै ध्यान दिनुपर्छ । कम एपर्चर भएको फोनले कम लाइटमा पनि फोटो खिच्न सक्छ । इमेज सेन्सरले लाइट क्याप्चर गरेर इमेजमा कन्भर्ट गरिदिने गर्दछ ।

अरू याद गर्नुपर्ने फिचर

यी बाहेक गोरिल्ला ग्लास फाइभ प्रोटेक्सन, क्लिन सफ्टवेयर (स्टक एन्ड्रोइड),वाटर रेजिस्टेनस र हेडफोन ज्याक जस्ता फिचरहरु भएमा स्मार्टफोन प्रयोग गर्ने अनुभव झनै राम्रो हुने गर्दछ । आईसीटीबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार