वैशाख ८, २०८१ शनिबार April 20, 2024

बागमती प्रदेशसभाको बैठक ३ बजे बस्दै : मुख्यमन्त्री जम्मरकट्टेलले विश्वासको मत लिदैँ

मुख्यमन्त्री जम्मरकट्टेलले दोस्रो पटक विश्वासको मत लिँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज प्रदेशसभा समक्ष विश्वासको मत लिँदै छन्। विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभा सचिवालयले आज दिउँसो ३ बजेका लागि बैठक बोलाएको छ।

सत्ता साझेदारसमेत रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्मरकट्टेलले दोस्रो पटक विश्वासको मत लिन लागेका हुन ।

यसअघि मुख्यमन्त्री जम्कट्टेलले प्रदेशसभाका दुई तिहाइभन्दा बढी सांसदको विश्वासको मत पाएका थिए । जसअनुसार नेकपा एमाले, नेपाली कांग्रेससहित ६ राजनीतिक दलका १०५ जना सांसदसहितकाे उनले भारी मतसहित विश्वासको मत पाएका थिए । उनको बिपक्षमा नेमकिपाका ३ जना सांसद मात्रै उभिएका थिए ।

आज लिने विश्वासको मतमा राप्रपाले नदिने जनाए पनि सत्ता साझेदार नेकपा एमाले भने अझै अनिर्णित अवस्थामा रहेको छ । केन्द्रमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र बिचको गठबन्धन भत्किए पछिको परिस्थीतिले एमालेलाई माओवादी केन्द्रका मुख्यमन्त्री जम्मरकट्टेललाई मत दिने कि नदिने भन्ने अन्यौल बढाएको हो ।

गत पुस २५ गते नेकपा एमालेसहित ५ दलका ७० जना सांसदको समर्थनमा मुख्यमन्त्री बनेका हुन् । प्रदेश सरकारले दोस्रो पटक विश्वासको मत लिन लागेको यो पहिलो पटक हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया