वैशाख १२, २०८१ बुधबार April 24, 2024

कांग्रेसले चितवन–२ मा जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने

चितवन–२ मा जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने काँग्रेसको निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली कांग्रेसले आगामी १० वैशाखमा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि चितवन–२ मा जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने भएको छ ।

रवि लामिछानेको प्रतिनिधिसभा सदस्य पद खारेज भएपछि सो क्षेत्र रिक्त हुन पुगेको हो । गत मंसिरमा भएको निर्वाचनमा उक्त क्षेत्रबाट निर्वाचित लामिछानेको प्रतिनिनधिसभा सदस्य पद खारेज भएपछि आगामी १० वैशाखमा उपनिर्वाचन हुन लागेको हो ।

बिहीबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उक्त क्षेत्रमा श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया