काठमाडौंः नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मिटरब्याज कारोबारलाई नियन्त्रण गर्नका लागि प्रभावकारी कदम चाल्न सरकारसँग आग्रह गरेका छन् ।
काठमाडौंमा बिहीबार आयोजित साक्षात्कार कार्यक्रममा उनले मिटरब्याजीहरुलाई सरकारले कारबाही गर्नुपर्ने बताएका हुन् । उनले भने, ‘हामीले मिटरब्याज पीडितहरुको बारेमा सरकारको ध्यानाकर्षण गरेका छौँ । सरकारले ध्यान दिएर मिटरब्याजीहरुलाई कारबाही गर्नुपर्छ ।’
ओलीले एमालेले मिटरब्याजी पीडितहरुको बारेमा सरकारको ध्यानाकर्षण गराएको बताउँदै सरकारले ध्यान दिएर मिटरब्याजीहरुलाई कारबाही गर्नुपर्ने बताए । पायो भन्दैमा जहाँतहींबाट ऋण लिन नहुने बताउँदै अध्यक्ष ओलीले मिटरब्याज लिने ऋणीहरुले पनि सचेत हुन आवश्यक रहेको बताए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया