श्रावण ४, २०८२ आइतबार July 20, 2025

एप्पल आईफोन १५ लाईनअपको ईसिम मात्र लाग्ने भर्सन धेरै राष्ट्रहरुमा लन्च गरिने

फ्रान्समा उपलब्ध हुने आईफोन १५ र आईफोन १५ प्रो सिरिजमा ई-सिम मात्र समर्थन हुने संकेत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः एप्पलको हालको आईफोन १४ लाईनअप ई-सिम कनेक्टिभिटीको साथ आउने गरेको छ। उक्त फिचर २०१८ को आईफोन एक्सएसमा समावेश गरी केही वर्ष अघि मात्र पहिलो पटक प्रस्तुत गरिएको थियो।

संयुक्त राज्य अमेरिकामा लन्च गरिएको आईफोन १४ लाईनअपमा पहिलो पटक फिजीकल सिम कार्ड स्लट बिना नै ईसिम कनेक्टिभिटी मात्र समावेश गरि उपलब्ध गराइएको उल्लेख गरिएको छ।

अब, कुपर्टिनो–बेस्ड टेक्नोलोजी जायन्टले यसलाई अझ विस्तार गर्ने योजना बनाइरहेको र यस वर्ष अन्य थुप्रै देशहरूले पनि ‘ईसिम–ओन्ली’ आईफोनहरू प्राप्त गर्ने पछिल्लो रिपोर्टले दाबी गरेको छ।

उक्त फिचर समावेश गरिएको आईफोन लन्च गरिने देशहरूको सूची भने पुष्टि भइनसकेको बताइएको छ। यद्यपी फ्रान्सेली वेबसाइटबाट आएको रिपोर्टले फ्रान्समा उपलब्ध हुने आईफोन १५ र आईफोन १५ प्रो सिरिजमा ई-सिम मात्र समर्थन हुने संकेत गरेको बताइएको छ। साथै कम्पनीले अन्य युरोपेली देशहरूमा पनि फ्रान्समा अपनाएको नीति/योजना पछ्याउने अपेक्षा गरिएको बताइएको छ।

फिजीकल सिम भन्दा ईसिम बढी सुरक्षित हुने र यदि डिभाइस चोरी भएको खण्डमा पनि ईसिमलाई भौतिक रूपमा हटाउन सम्भव नहुने एप्पलले दावी गरेको छ। साथै, प्रयोगकर्ताले डिभाइसमा आठ ओटा ईसिमहरू थप्न र व्यवस्थापन गर्न सक्ने कम्पनीले उल्लेख गरेको छ। त्यसैगरी ईसिमले सिमकार्डहरू बदल्ने जोखिमलाई हटाउने र यात्रा गर्दा तिनिहरुलाई सुरक्षित राख्न मद्दत पुग्ने उल्लेखछ।

साथै, अन्य थुप्रै स्मार्टफोन निर्माताहरूले पनि अब ईसिम समर्थनका साथ डिभाइसहरू ल्याइरहेका हुनाले ईसिम स्मार्टफोन ढुवानी यस वर्ष १५ प्रतिशतले बढ्ने अनुमान गरिएको गरिएको छ।

त्यसैगरी सामसङले हालै मात्र सामसङ ग्यालेक्सी एम ५४ को लन्चसँगै आफ्नो मिड–रेन्ज स्मार्टफोनहरूमा पनि ईसिम समर्थन प्रस्तुत गरेको बताइएको छ। टेक्नोलोजी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार