चैत्र १५, २०८० बिहिबार March 28, 2024

विष्णु पौडेल भन्छन् : भीम रावल पार्टी विरुद्ध लागे, नसच्चिए पार्टीले उचित निर्णय लिन्छ

एमालेले चाहे केही दिनमै गठबन्धन भत्किन्छ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले भीम रावल पार्टी विरुद्ध लागेको आरोप लगाएका छन् ।

शुक्रबार मिसन ग्रासरुट अभियानका क्रममा धनगढीमा प्रेस चौतारीद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता पौडेलले रावल पार्टी विरुद्ध लागेकाले नसिच्चए उचित निर्णय लिने बताएका हुन्।

पौडेलले भने, ‘भीम रावलजीले एउटा पार्टी सदस्य, नेताले गर्नुपर्ने कर्तव्य निर्वाह गर्नुभएको छैन। उहाँले एकपछि अर्को गल्ती गर्दै हुनुहुन्छ। उहाँले आफ्ना गल्ती स्वीकार गर्नुपर्छ। आत्मालोचना गर्नुपर्छ। नसच्चिए पार्टीले उचित निर्णय लिन्छ।’ उनले अहिलेको गठबन्धन सरकार लामो समय रहन नसक्ने जिकिर समेत गरे ।

अहिलेको सरकार जनविरोधी भएको भन्दै पौडेलले भने, ‘यो सरकारको भविष्य छैन ।’

‘अहिले म तिथिमितितिर जान्नँ। मैले यति भनेँ कि हामी अहिले यो गठबन्धन भत्काउने, अर्को गठबन्धन बनाउने त्यो काममा लागेका छैनौँ, एमाले लाग्यो भने त्यो केही दिनको विषय हो,’ उनले भने, ‘यसरी वा त्यसरी जे होस् कुनै पनि गठबन्धन भत्काएर अर्को गठबन्धन बनाउने धन्दामा हामी लागेका छैनौँ। यदि एमालेले त्यो आवश्यकता महसुस गर्‍याे भने केही हप्ताको काम हुन्छ।’

उपाध्यक्ष पौडेलले पार्टीका नेता भीम रावलले एकपछि अर्को गल्ती गर्दै गइरहेको आरोप लगाए। उनले नेता रावलले पार्टीको अनुशासनमा नबस्ने र पार्टी सदस्यको कर्तव्य निर्वाह नगरेको बताए। आउने निर्वाचनमा नेकपा एमालेको एकल सरकार निर्माण गर्ने तयारीमा आफू लागेको उनले बताए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
समृद्धिका लागि जनप्रतिनिधि र कर्मचारीको समन्वय अपरिहार्य : सञ्चारमन्त्री शर्मा
२०८० चैत्र १५, बिहिबार
दाङमा अटो दुर्घटना हुँदा ३ जना घाइते
२०८० चैत्र १५, बिहिबार
कांग्रेसमा खुसी ल्याउन आवश्यक छः महामन्त्री थापा
२०८० चैत्र १५, बिहिबार
बेलायतसँग थप समन्वय र सहकार्यको अपेक्षा छ : गृहमन्त्री लामिछाने
२०८० चैत्र १५, बिहिबार
रूसी सेनाको विमान क्रिमियाली क्षेत्रमा दुर्घटनाग्रस्त
२०८० चैत्र १५, बिहिबार
एमाले उदयपुरको अध्यक्षमा भागवत राउत निर्वाचित
२०८० चैत्र १५, बिहिबार
गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिता : सुष्मा र अस्मिता सेमिफाइनलमा
२०८० चैत्र १५, बिहिबार