वैशाख ८, २०८१ शनिबार April 20, 2024

फिदिममा कार दुर्घटना : एकको मृत्यु, चार जना घाइते

घाइतेहरूलाई थप उपचारको लागि बिर्तामोड रिफर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः पाँचथरको फिदिम नगरपालिकास्थित कान्छि दोकान नजिकै कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा चार जना घाइते भएका छन्।

शुक्रबार बेलुका ताप्लेजुङको पाथिभरा तिर्थयात्रा गरी फर्कने क्रममा मेचिराजमार्ग सडकबाट करिब दुई सय मिटर तल खसेर कार दुर्घटना भएको हो ।

दुर्घटनामा झापा बिर्तामोड नगरपालिका-४ नमुना टोल निवासी १८ वर्षीय रश्मा भुजेलको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा परी ४० वर्षीय सिता भुजेल, ४५ वर्षीय राजु भुजेल र ३९ वर्षीय मिना भुजेल गम्भीर घाइते भएका छन्। १३ वर्षीय राजमोहन भुजेल सामान्य घाइते भएको र उनीहरू एकै परिवारका सदस्य रहेको प्रहरीले जनाएको छ।

करिब सात बजे बाक्लो हुस्सुसँगै वर्षा भइरहेको बेला सडकबाट चिप्लिएर कार खसेको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ। घाइतेहरूलाई थप उपचारको लागि बिर्तामोड रिफर गरिएको प्रहरीको भनाइ छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चैतसम्ममा ४ खर्ब ८० अर्ब वैदेशिक लगानी प्रतिबद्धता
२०८१ वैशाख ८, शनिबार
युएईसँग हारेसँगै नेपाल एशिया कपमा छनौट हुन असफल
२०८१ वैशाख ८, शनिबार
नागेल्सम्यान २०२६ को विश्वकपसम्म जर्मनीको प्रशिक्षक रहने
२०८१ वैशाख ८, शनिबार
प्रतिपक्षले बहिष्कार गरेपछि गण्डकी प्रदेश सभा बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित
२०८१ वैशाख ७, शुक्रबार
गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखले गैर संबैधानिक काम गरे : काँग्रेस
२०८१ वैशाख ७, शुक्रबार
काठमाण्डौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?
२०८१ वैशाख ७, शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुन जेल चलान
२०८१ वैशाख ७, शुक्रबार