जेठ २०, २०८० शनिबार June 3, 2023

खेलकुदको विकासले विश्वमा देशको नाम उच्च राख्न सकिन्छ : माधव नेपाल

खेलकुदबाट भाग्ने होइन, अभिन्न अङ्ग बनाएर अगाडि जानुपर्नेमा जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले शिक्षाजस्तै खेलकुद पनि मानवीय जीवनमा अत्यावश्यक रहेको बताउनुभएको छ।

भक्तपुर जिल्ला खेलकुद विकास समितिले शनिबारदेखि यहाँ सुरु गरेको दोस्रो बागमती प्रदेश खेलकुद–२०७९ खेलाडी छनोट प्रतियोगिताको उद्घाटन गर्दै उहाँले खेलकुदको विकासले विश्वमा देशको नाम उच्च राख्न सकिने बताउनुभयो।

उहाँले भन्नुभयो, “खेलकुद मानवीय जीवनको अंग हो, मानवीय जीवनमा शिक्षा जति आवश्यक छ, खेलकुद पनि उत्तिकै आवश्यक छ, भक्तपुरले पनि देश–विदेशका विभिन्न प्रतियोगितामा सहभागी भएर देशको नाम उच्च राख्न सक्ने गरी खेलाडी उत्पादन गर्न सफलता हासिल गर्नुपर्छ।” उहाँले खेलकुदबाट भाग्ने होइन, अभिन्न अङ्ग बनाएर अगाडि जानुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष एवं कार्यक्रमका सभापति दीपक थापाले भक्तपुरमा खेलुकुदको विकास तीव्र गतिमा भइरहेको बतायो। भक्तपुरलाई सम्पदाको जिल्लाबाट मात्रै होइन, उत्कृष्ट खेलाडी रहेका खेलकुदको जिल्ला पनि हो भनेर चिनाउने गरी खेलकुदका गतिविधि भइरहेको बताउनुभयो।

प्रतियोगिता यही चैत २३ गतेसम्म सञ्चालन रहने बताउँदै उहाँले प्रतियागिताबाट कराते, तेक्वान्दो, एथलेष्टिक, बक्सिङ, आइटीएफ तेक्वान्दो, उसु, जुडो, फुटबल, क्रिकेट, भलिबल, ब्याडमिन्टन, पौडीलगायतका खेलका उत्कृष्ट खेलाडी छनोट गरिने बताउनुभयो। रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया